कोपिला – Poem – Brahma Wagle

कोपिला

बसन्तको सुस्मित सृष्टि संगै
मायालु कोपिला संग रमाई रहेछु
उस्कै मोहित हॉसो र मुस्कानमा
आफु त्यसैमा हराई रहेछु
आई सकेछन अनुपम छँटाहरू
हरियाली बसन्त संग रमाउदै
छाई रहेछन मनमोहक द्दृष्यहरू
उस्कै मुस्कानमा समाहित हुदै
मधुर मुस्कान र तिलस्मी खेलमा
जीवन नै तरंगित हुदो रहेछ
अरूको त के कुरा गरौ
हृदयनै मायालु सागर बन्दो रहेछ
जीवन बनि रहेछ मायाको सागर
त्यसैमा अभिछिन्न रमाई रहेछु
कोकिल हॉसो र मधुर मुस्कानमा
मईले त सारा संसार देखि रहेछु