कविता लेख

बूढी आमा ( वास्तविकता ,पृष्ठभूमि देवघाट ,चितवन )

हृदय पग्लियो मुटु ढडकियो
अबिरल ऑशु बहिरहे
काँपेको शरीर बूढी आमाको
अन्तरमनका ब्यथा पग्लदै गए
कस्तो परंपरा कस्तो परिवेश
पुण्य प्राप्तिका लागि बालक छोरी कन्यादान दिने
बालक छोरी बनाई बस्तुसरि
पुण्य प्राप्तिका लागि अरूलाई दिने
बृद्ध पति बृद्ध हुदै गए
आफु भईन बसन्तकी
जन्मे पुत्र दुई बालक
आफु जान्दा नजान्दै पनि
कुटो कोदालो बिधवा बनि
शिक्षित बनाईन बालक
बने डाक्टर बने वकील
बुहारी दुबै शिक्षित
गरे सबै अंश बण्डा
म परे विश्वासमा सब
छाडी गए यही पूल चौतारीमा
आउछौ एकै छिन बस
लाग्यो आज चालीस बर्ष
आयनन फर्केर कोही पनि
बस्छु यही आश्रम छ गलेश्वर जी को
बिताउछु घडी दिन गनि गनि
बाच्नु रहर छैन मलाई बाबु
बिर्सेछन इश्वरले पनि
दिन्छु आशिस बाबु सबमा
नपरोस भोग्न अरूलाई यो जीन्दगी

ब्रह्म वाग्ले
ओस्टण्ड ,बेल्जियम

विशेष