पागल प्रेमी (कविता )

म त पागल प्रेमी
हरियाली बसन्त संगै रमाउने
बसन्तको सुमधुर सुवाशमा
समाहित भै बिलिन हुने
हजुर म त अचम्मको पागल
इन्द्रधनुषको रमणीय द्दृष्य देखेपछि
झर्नालाई अंगाल्न चाहन्छु
नदीको सुमधुर सुशेली संगै
मायालु गीत गुनगुनाई रहेछु
हजुर म त अर्कै पागल
प्रकृतिको लय र तालमा
स्वर्गीय फूलवारीमा नॉची रहेछु
भँवरा भै प्रत्यक फूलहरूमा
सुवाश छर्दै उडी रहेछु
हजुर म त पागल प्रेमी
मयूरझै सुन्दर पंखहरू फैल्याई
आफ्नै मायालुकै वरिपरि
सुमधुर संगीत र मीठो गीतमा
कदममा कदम मिलाई नॉची रहेछु
हजुर म त पूर्ण प्रेमी पागल
समाजले पूष्पमाला लगाई
हातमा हात मिलाई दियो
समाजको मायालु आशिर्वादले
मलाई पागल प्रेमी बनाई दियो

ब्रह्म वाग्ले
ओस्टण्ड ,बेल्जियम