गृहपृष्ठ > लेख > कविता > सम्बन्ध र नाता – (कविता) ब्रह्म वाग्ले

सम्बन्ध र नाता – (कविता) ब्रह्म वाग्ले

परिवर्तित समाजमा सम्बन्ध र नाता
परिवर्तित परिभाषा हुन लागि सकेछ
आफु आफैमा बिलिन हुने परिभाषाले
हृदयनै छियाछिया बनाई रहेछ
एउटै आमाका कोखबाट निस्केका
आज अपरिचित जस्तो हुनु परिरहेछ
बिज एउटै गर्भ एउटै
हुर्कियौ बढ्यौ एउटै काखमा खेलि
एउटा रूदा रून्थ्यौ सबै
रमाईलो आत्मीय हृदय संगै
ढल्यो मियो छायो अध्यारो
छरियकाछौ चारैतिर
बिर्सियौ नाता बिर्सियौ सम्बन्ध
डौडिरहेछौ सबै अध्यारो मार्गतिर
डौडिरहेछौ किन होला सबै ?
आपसमै अन्जान र अपरिचित बनि
बिर्सन्छौ किन होला आपसमा
हामी त एउटै सन्तान हौ भनि
आउला कुनैदिन सम्बन्ध र नातामा
स्वर्णिम किरण र मायालु पवनहरू
फैलेलान जता ततै हृदयस्पर्श गरि
हरियाली बसन्तका वास्नाहरू
प्रतिक्षारथ रहौ ती दिनहरूको
जति नै बसन्त पार गरे पनि

अर्को हप्ता हजुरहरू समक्ष नयॉ रचना लिएर आउने छु

सायद यो पनि तपाईंलाई मनपर्छ

मानेको फरक अनुभव

एकाटेरिनबर्ग – सेनेगलका अग्रपंक्तिका खेलाडी साडियो मानेले क्लब र राष्ट्रबाट फुटबल खेल्दा मित्रताको दूरी फरक …

Leave a Reply

Your email address will not be published.

Enable Google Transliteration.(To type in English, press Ctrl+g)