लेख

Nepali literature

साउन,२०७५ (July, 2018)

  • शनिबार, ०५ साउन (21 July)

    बुटवल उपमहानगरलाई प्रत्येक वर्ष २० वटा चिनियाँ छात्रवृत्ति

    ५ साउन, काठमाडौं । चीनको सान्सी प्रान्तमा अवस्थित सियान विश्वविद्यालयले बुटवल उपमहानगरपालिकालाई उच्च शिक्षाका क्षेत्रमा प्रत्येक वर्ष २० वटा छात्रवृत्ति दिने भएको छ । हालैमात्र बुटवल उपमहानगरपालिका र सान्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । सोही अवसरमा उक्त सियान महानगरपालिकामा रहेको सियान विश्वविद्यालयले सो छात्रवृत्तिको घोषणा …

  • शनिबार, ०५ साउन (21 July)

    पूर्वी नाकाबाट माइती नेपालले गर्यो १७४ चेलीको उद्धार

    ५ साउन, झापा । माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ । मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० जनालाई सिलगुढी, दिल्ली र खोरीबारीलगायत स्थानबाट उद्धार गरेको माइती नेपालको काँकडभिट्टास्थित …

  • शनिबार, ०५ साउन (21 July)

    १८ औं लिस्नु कप फुटबल आजदेखि

    ५ साउन, बुटवल । जिल्लाकै प्रतिष्ठित र ठूलो धन राशी पुरस्कारको फुटबल प्रतियोगिता लिस्नु कपको १८ औं संस्करण आज शनिबारदेखि शुरु हुँदैछ । तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित पशुपति माविको खेल मैदानमा दिउँसो ४ बजेदेखि शुरु हुने प्रतियोगिताको उदघाटन खेलमा आयोजक र देशभक्त युवा क्लब मगरबुढा नवलपरासी भिड्दै छन् । लिस्नु युवा …

  • शनिबार, ०५ साउन (21 July)

    नुवाकोटको विदुरमा पानीको हाहाकार

    ५ साउन, नुवाकोट । सदरमुकाम विदुर नगर क्षेत्रमा एक हप्तादेखि खानेपानीको हाहाकार मच्चिएको छ । पहिराको कारण पानी नआउँदा सदरमुकाम क्षेत्रका एक हजार ५०० धारामा पानी वितरण हुन सकेको छैन । रसुवाको पैरेबेँसीस्थित त्रिशूली खोलाबाट ल्याइएको पानी विदुर नगरपालिका–१० भैंसे, तिरतिरे भीरमा गत असार ३० गते पहिराले पाइप बगाएको कारण …

  • शनिबार, ०५ साउन (21 July)

    जीवन हो घामछायाँ ! प्वाल परेको मादल र भ्यागा बोन्ड

    ५ साउन, पोखरा । अनुहारमा तन्नेरी रङ देखिए पनि ४७ वर्षे उमेरको लौरो टेकेका उनलाई एक्लो बाँच्नुपर्ला भन्ने कल्पनासम्म थिएन । तर सबथोक पाएर पनि एक्लो छन्, अहिले । जो कहिल्यै हरेस् खान हुँदैन भनिरहे । कामको जलपले नाम चम्काउँछ भन्दै लागिरहे । उनै अहिले उत्रिएका छन् डिप्रेसनका गोलीहरु निलेर …

  • शनिबार, ०५ साउन (21 July)

    गरीब परिचयपत्र वितरण शुरु

    ५ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण शुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका–१ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रङको (अति गरीब), मुक्तकमैया शिविरकी मैनादेवी चौधरीलाई पहेँलो रङको (मध्यम गरीब) र सहवीर चौधरीलाई (सामान्य गरीब) नीलो रङको परिचयपत्र वितरण गरी परिचयपत्र वितरण …

  • शनिबार, ०५ साउन (21 July)

    गर्मी बढ्यो, स्विमिङ पुल बढेनन् !

    ५ साउन, विराटनगर । साउन महिनामा पर्याप्त पानी नपरेका कारण पूर्वी तराईमा ४० डिग्री आसपास गर्मी बढेको छ । अधिक गर्मी बढेका कारण पूर्वीशहरका स्विमिङ पुलमा मानिसहरुको भीड लाग्न थालेको छ । गर्मीमा मोरङ र सुनसरीका केही सीमित स्विमिङ पुलहरुले राम्रो आय आर्जन गरिरहेको भएता पनि पर्याप्त पौडी पोखरीहरुको अभाव …

  • शनिबार, ०५ साउन (21 July)

    च्याउ किसानको अनुदान रकम अन्यत्र लगाइएको आरोप

    ५ साउन, इटहरी । मोरङ जिल्लाको बूढीगंगगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकम व्यापक अनियमितता र विषयान्तर गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका छन् । व्यावसायिक च्याउखेती गर्दै आएका किसानले शुक्रबार पत्रकार सम्मेलन गरी परियोजनाअन्तर्गत किसानको हितमा आएको रकम गाउँपालिकाले दुरुपयोग गरी किसानप्रति उपेक्षित नीति …

  • शनिबार, ०५ साउन (21 July)

    आजका पत्रपत्रिकाः साना दल फकाउँदै कांग्रेस, शंकास्पद करदाता अनुसन्धानको दायरामा

    ५ साउन, काठमाडौं । केन्द्रीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । सामग्रीहरुमा विविधता भए पनि पत्रपत्रिकाहरु अनशनरत डा. गोविन्द केसी र उनले उठाएका मुद्दामा बढी केन्द्रित भएका छन् । नागरिक दैनिकले आज ‘खलंगामा डा. केसीका तीन साता’ शीर्षक दिएर जुम्ला डायरी छापेको छ । …

  • शनिबार, ०५ साउन (20 July)

    बन्दीपुर केवलकारको शिलान्यास, १५ महिनामा बनाइसक्ने

    ४ साउन, तनहुँ । बन्दीपुर केवलकारको शिलान्यास गरिएको छ । ठूलढुंगादेखि बन्दीपुर जोड्ने एक किमी ६०० मिटरको सीधा रोपवे केबलकार परियोजनाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले शिलान्यास गरेका छन् । मुख्यमन्त्री गुरूङले पर्यटन, ऊर्जा, कृषि र उद्योगको सम्भावना प्रशस्त रहेकाले निजी क्षेत्रले गण्डकी प्रदेशमा लगानी बढाउनुपर्नेमा जोड दिए । …

  • शनिबार, ०५ साउन (20 July)

    मासिक भत्ता १० हजार बनाउन अपांग महासंघको माग

    ४ साउन, बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले मासिक भत्ता १० हजार पुर्‍याउनुपर्ने लगायतका ३८ बुँदे माग प्रदेश ५ सरकारलाई बुझाएको छ । महासंघले शुक्रबार मुख्य मन्त्री शंकर पोखरेललाई भेटी अति अशक्त र पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको लागि मासिक भत्ता दश हजार बनाउन माग गरेको हो । सर्वोच्च अदालतले …

  • शनिबार, ०५ साउन (20 July)

    अर्थमन्त्री भन्छन्- कर उठाउन आक्रामक भएकै हौं

    ४ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका कारण मूल्यवृद्धि हुने अवस्था नआएको दावी गरेका छन् । उनले बजार मूल्यलाई प्रभावित गर्ने मूल्य अभिवृद्धि कर (भ्याट) सरकारले नबढाएको स्पष्ट गर्दै भ्याट फिर्ताको व्यवस्थाका कारण केही वस्तुको मूल्यमा सामान्य असर परेको हुन सक्ने बताए । ‘हामी कर प्रणालीमा आक्रामक भएका …

  • शनिबार, ०५ साउन (20 July)

    कालीकोटको ग्रामीण क्षेत्रमा नमूना डिजिटल सामुदायिक अस्पताल बन्ने

    ४ साउन, काठमाडौं । कालीकोटको राष्कोट नगरपालिकामा नमूना डिजिटल सामुदायीक अस्पताल स्थापनाका हुने भएको छ । अस्पताल स्थापनाका लागि काठमाडौंबाट काकीकोट पुगेको चिकित्सकहरुको टोली र राष्कोट नगरका जनप्रतिनिधिहरुबीच छलफल भएको हो । अस्पताल स्थापनाको लागि सम्भाब्यता अध्ययन गर्न टोली राष्कोट नगरमा पुगेको हो । राष्कोट नगरको समन्वयमा स्थापना हुन लागेको …

  • शनिबार, ०५ साउन (20 July)

    प्रधानसेनापतिद्वारा विभिन्न गुल्म तथा बाहिनी अड्डाको निरीक्षण

    ४ साउन, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले विहीबार र शुक्रबार राजधानी बाहिरका विभिन्न बाहिनी र गुल्महरुको निरीक्षण गरेका छन् । प्रधानसेनापति क्षत्रीले शुक्रबार खैरेनीटारस्थित श्री नं.३ बाहिनी अड्डाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा क्षत्रीले उक्त बाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिए । बिहीबार उनले …

  • शनिबार, ०५ साउन (20 July)

    अपाङ्ग महासंघको आवाजः मलाई गणना गर्नुस !

    ४ साउन, बिराटनगर । प्रदेशस्तरका नीति, कानून र कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो सहभागिताको माग गरेका छन् । नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न प्रदेश १ बाट ‘मलाई गणना गर्नुस’ जनवकालत अभियान सुरु हुने भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ १ नम्वर प्रदेश कार्यालय बिराटनगरले जनगणना २०७८ …