अर्थ

अनुदान नपाउँदा भूकम्पपीडित समस्यामा

ओखलढुंगा । भूकम्पपछि घर भत्किएलगत्तै चर्को ब्याज दरमा ऋण काढेर पुनःनिर्माण गरी बसेका पीडितले मापदण्डअनुसार घर नबनेको भनी अनुदान नपाएपछि समस्यामा परेका छन् ।  घर भत्किएर ओत लाग्ने ठाउँ नभएपछि पीडितले अनुदान पाइएला भनी महँगो ब्याजदरमा ऋण लिई आफैँ पुनःनिर्माणमा जुटे । ऋण गरी घर बनाएर बसे ।  त्यस्ता लाभग्राहीले …

थप »

पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

काठमाडौँ ।  सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए ।  पर्यटकीय …

थप »

आठ करोड राजश्व संकलन

नवलपरासी ।  पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा रु आठ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ ।  छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा रु एक करोड १८ लाख ६३ हजार र असारमा रु ६३ लाख ५९ हजार राजश्व संकलन भएको छ …

थप »

पुटिनलाई अमेरिका भ्रमणको निम्तो

वासिङटन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणका लागि आमन्त्रण गरिएको समाचार छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिकामा स्वागत गर्न आपूm आआतुर रहेको बताएका छन् । उनले हालैको भेटका क्रममा राष्ट्रपति पुटिनलाई आमन्त्रण गरेको खुलासा भएको हो ।  आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न राष्ट्रपति पुटिनलाइ …

थप »

बाँदरले मकै नष्ट गरेपछि सांसदसँग हारगुहार

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन् ।  पहाडी जिल्ला पाल्पाको प्रमुख अन्नबाली मकैमा घोगा हाल्न थालेसँगै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान मकै जोगाइदिनका लागि गाउँपालिका प्रमुख र प्रदेश सांसदसँग हारगुहार गर्न पुगेका हुन् ।  गाउँमा युवा पुस्ता नभएकाले अधिकांश महिला, …

थप »

भारतका पूर्वअर्थमन्त्री चिदम्बरमलाई भ्रष्टाचारको अभियोग

नयाँ दिल्ली । भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ। प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमेत रहेका चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खरबौंको आर्थिक घोटाला प्रकरणमा संलग्न भएको अभियोग बिहीबार लगाइएको हो।  नेता चिदम्बरमलाई लगाइएको आरोपप्रति उनको पार्टी भारतीय कंग्रेसले खेद व्यक्त गरेको छ। अब यो …

थप »

राजपा र नयाँ शक्तिसँग मिलेर सरकारविरुद्ध सडक आन्दोलन गर्नेतयारीमा कांग्रेस

काठमाडौं । डा. गोविन्द केसीको अनशन प्रकरणसहित सरकारका अन्य कामविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले राजपा र नयाँ शक्तिलाई गठबन्धन बनाउन आग्रह गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले राजपा अध्यक्षमण्डलका सदस्य र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई छुट्टाछुट्टै भेटेर सरकारविरुद्ध गठबन्धन बनाउन आग्रह गरेका हुन्। राजपा अध्यक्षमण्डलका सदस्य र …

थप »

शान्ति सहमतिपछि वार्ताको लागि आग्रह

खारतुम । दक्षिण सुडान र यहाँका विद्रोहीबीच शान्ति सहमति भए पनि वार्ताको लागि प्रगति हुननसकेको भन्दै वार्ताका लागि संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ ।  उक्त शान्ति सहमतिको यहाँका राजनीतिक दल, अधिकारवादी, छिमेकी अफ्रिकी देश तथा विश्व समुदायले नै स्वागत गरेका थिए । दुई हप्ताअघि यहाँका विद्रोही र सरकारबीच युद्धविराम भएको …

थप »

भारतमा एक रुसी महिला सामूहिक बलात्कृत

नयाँ दिल्ली । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो ।  प्रहरीले ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी जारी राखेको थियो । त्यस कुकर्ममा संलग्न छ …

थप »

नेपालले वनजंगलबाट सञ्चित कार्बनबापत पाँच अर्ब प्राप्त गर्ने

काठमाडौँ । विश्व बैंक अन्तर्गतको कार्बन कोषले स्वीकृति प्रदान गरेपछि नेपालले वनजंगलबाट सञ्चित कार्बनबापत रु पाँच अर्ब प्राप्त गर्ने निश्चित भएको छ ।  वन तथा वातावरण मन्त्रालयले सन् २०२४ सम्ममा तराईका १३ जिल्लामा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बनलाई प्रतिमेट्रिक टन पाँच डलरका दरले व्यापारमा लैजाने योजना विश्व …

थप »

तीन करोड ५१ लाखको लागतमा डिप ट्युबवेल

 विराटनगर । भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले प्रदेश नं १ अन्तर्गत चार जिल्लामा यसवर्ष रु तीन करोड ५१ लाख ९३ हजारको लागतमा डिप ट्युबवेल निर्माण गरेको छ ।  कार्यालय प्रमुख दीपेन्द्र लौडारीका अनुसार आव २०७४÷७५ मा मोरङका लेटाङ, झापाको अर्जुनधारा, सुनसरीको पानवारीमा एक÷एक वटा डिप ट्युबवेल निर्माण भएको ।  …

थप »

निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैनः पाकिस्तानी सेना

इस्लामावाद । पाकिस्तानको राष्ट्रिय सेनाले राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुन गइरहेको संसदीय निर्वाचनमा आफ्नो कुनै ‘प्रत्यक्ष भूमिका’ नरहने जनाएको छ ।  पाकिस्तानी सेनाका प्रवक्ताले बिहीबार एक विज्ञप्तिमार्फत सो कुरा बताएका छन् । उनले आगामी निर्वाचनमा सेनाले निर्वाचनका लागि आवश्यक सुरक्षा दिने बाहेकको कुनै भूमिका नरहने बताए ।  पाकिस्तानको …

थप »

भारतको राज्यसभामा २२ भाषाका दोषासेको व्यवस्था

नयाँदिल्ली । भारतको माथिल्लो सदनका रूपमा रहेको राज्यसभामा २२ भाषाका दोभासेको व्यवस्था गरिएको छ ।  अहिले थप पाँच भाषाका दोभासेको व्यवस्था गरेर कूल २२ भाषाका दोभासेको व्यवस्था गरिएको राज्यसभाका अध्यक्ष एम. भी. नैडूले बुधबार घोषणा गरे । माथिल्लो सदनमा यसअघि पनि १७ भाषाका दोभासेको व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् । …

थप »

पोखराको छोरेपाटनमा सिसी क्यामेरा जडान

पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीय स्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी एक दर्जन सिसी क्यामेरा जडान गरिएको छ ।  डेभिज फल क्लबको सकृयतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म एक किलोमिटरभन्दा बढी सडक क्षेत्रमा हालै रु १० लाखको लागतमा क्यामेरा जडान गरिएको हो ।  क्लबका …

थप »

सिन्डिकेटधारी यातायात समितिको सम्पत्ति अव राष्ट्रियकरण

काठमाडौं । सरकारले सिन्डिकेटधारी यातायात समितिको स्वामित्वमा रहेको सबै सम्पत्ति सञ्चालन खर्च कटाएर राष्ट्रियकरण गर्ने भएको छ । असार ३१ गते गृहमन्त्री रामबहादुर थापा, भौतिक पुर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ तथा दुवै मन्त्रालयका सचिव सम्मिलिन बैठकले कर्मचारीको तलव भत्ता, घरभाडा, ईन्धन पानी विजुली खर्चलगायतको दायित्व सरकारलेनै ब्यहोर्नेगरी समितिको चलअचल सम्पत्ति …

थप »