fbpx
राष्ट्रिय समाचार

रमाइलो र चिन्तारहित यात्राको लागि अपनाउनुहोस यी १० टिप्स

१. सहि योजना बनाउनुहोस

छुट्टीको सुरुवाती दिनमा पर्यटकिय स्थलमा धेरै भिड हुन्छ । यस्तो असुविधाबाट बच्नको लागि आफ्नो टिकटको बुकिङ छुट्टीको दोस्रो हप्तामा गराउनुहोस् । यसबाट फर्किएपछि पनि तपाईसँग घरको सफाई, बच्चाको स्कूलको तयारी र अन्य आवश्यक कार्यहरुको लागि पर्याप्त समय मिल्नेछ ।

२. प्याकेज डिलको फाइदा

हरेक वर्ष धेरैजसो एयरलाइन्स कम्पनीहरु छ महिना वा वर्ष भरी पहिलेको टिकटको बुकिङमा राम्रो छुट दिने गर्छन् । यसले पैसाको बचत हुन्छ जसको प्रयोग अन्य आवश्यकताको लागि गर्न सकिन्छ । होटलको बुकिङको सम्बन्धमा पनि यो कुरा लागु हुन्छ किनभने आमरुपमा होलिडे सिजनको लागि यस्तो स्थानहरुको बुकिङ धेरै पहिले देखि नै सुरु हुन्छ र ढिलो भएमा धेरै पैसा खर्च गरेर पनि राम्रो होटलमा ठाँउ नपाइन सक्छ । यसैले टिकटको बुकिङ धेरै सोचेरसम्झेर गर्नुपर्छ ।

३. कनेक्टिङको सट्टा ननस्टप फ्लाइट रोज्नुहोस्

यदि तपाई बच्चा र वृद्धवृद्धाको साथमा घुम्न जान लाग्नु भएको छ भने एयरपोर्टमा धेरै बेर सम्म प्रतिक्षा गर्नुपर्ने समस्याबाट बच्नको लागि कनेक्टिङ को सट्टा सधैं ननस्टप फ्लाइटको टिकट बुक गराउनुहोस् ।

४. कम सामान, सुखद यात्रा

प्याकिङ गर्दाको समयमा तपाईको कोसिस यहि हुन पर्छि कि सामान कम भन्दा कम होस् । कपडाको म्याचिङको कारणले ट्राभल ब्यागको तौल बढ्छ । यस समस्याबाट बच्नको लागि तपाईको साथमा केवल ब्ल्याक र ब्ल् कलरको दुई जिन्स राख्नुहोस् जसलाई तपाई कुनै पनि शर्ट वा टपको साथमा पहिरिन सक्नुहुन्छ ।

५. सूचनाहरुसँग अपडेट रहनुस

टिकटमा दिइएको सबै जानकारी ध्यानसँग पढ्नुहोस । कैयौं पटक थोरै पनि असावधानीको कारणले मानिसको ट्रेन वा फ्लाइट मिस हुन सक्छ । केही मानिसहरु यो कुरामा ध्यान दिन भुल्छन कि राती १२ बजेपछि क्यालेन्डरको डेट बदलिन्छ भन्ने कुरा ।

६. गन्तव्यको जानकारी

विदेश यात्राको सम्बन्धमा यो कुराको विशेष ध्यान राख्नुपर्ने हुन्छ । तपाई जहाँ जाँदै हुनुहुन्छ त्यहाँको सँस्कृति, मुद्रा विनिमय दर, मौसम, बस्ने व्यवस्था र खानपानको सुविधाको बारेमा तपाईलाई पुरा जानकारी हुनुपर्नेछ ।

७. कँहि ढिला नहोस्

ट्राफिक जाम जस्तो आकस्मिक समस्याहरुबाट बच्नको लागि सँधै  घरबाट अतिरिक्त समय लिएर निस्कनुहोस् ।

८. अनावश्यक सपिङबाट बच्नुहोस

यस्तो स्थानमा पसलेहरुले पर्यटकहरुसँग मनोमानी रुपमा पैसा असुल्छन् । यसैले अनावश्यक चिजहरु किन्नबाट बच्नुहोस् । यदि गिफ्ट दिनको लागि कुनै सामान खरिद गर्नु जरुरी छ भने केही यस्ता हल्का फुल्का चिज खरिद गर्नुहोस जसलाई साथै लैजानमा कठिनाई नहोस ।

९. खानपानमा सावधानी 

यात्राको समयमा ति चिजहरुको नाम हमेशा याद राख्नुहोस जसलाई खाँदा तपाईलाई एलर्जी हुन सक्छ । सी फुडसँग पनि धेरै मानिसहरुको यस्तो समस्या हुन्छ । यसैले पहिो पटक यस्ता केही पनि नयाँ चिजहरु ट्राई नगर्नुहोस् ।

१०. चेकलिस्ट तयार गर्नुहोस्

एक सानो चेकलिस्ट बनाउनुहोस जसमा टिकट, क्रेडिटकार्ड, आइडी प्रुफ, पासपोर्ट देखि लिएर कपडा र आवश्यक औषधीहरुको पनि नाम लेख्नुहोस । फेरि त्यसै लिस्टको सँग साथमा लैजाने सामानहरु जाँच गर्नुहोस् । यदि कुनै जरुरी सामानको प्याकिङ छुटेको छ भने त्यसलाई तुरुन्त प्याक गर्नुहोस् । यात्राको समयमा सँधै खुशी र तनावमुक्त हुनुहोस् । शुभयात्रा ।