गृहपृष्ठ > समाचार > राष्ट्रिय समाचार > सामुदायिक वन पत्रकारिता पुरस्कार मियाँ र भण्डारीलाई

सामुदायिक वन पत्रकारिता पुरस्कार मियाँ र भण्डारीलाई

काठमाडौँ । कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँ र गोरखापत्र दैनिकको धनकुटा समाचारदाता कोकिला भण्डारीलाई यस वर्षको ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । 

मियाँ र भण्डारीले सामुदायिक वन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै सो पुरस्कार प्रदान गर्न लागिएको हो । 

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन विभागले प्रदान गर्ने सो पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । उक्त पुरस्कार सामुदायिक वन दिवसको अवसरमा आगामी साउन २५ गते प्रदान गरिने विभागले जनाएको छ । 

सायद यो पनि तपाईंलाई मनपर्छ

कालीकोटको ग्रामीण क्षेत्रमा नमूना डिजिटल सामुदायिक अस्पताल बन्ने

४ साउन, काठमाडौं । कालीकोटको राष्कोट नगरपालिकामा नमूना डिजिटल सामुदायीक अस्पताल स्थापनाका हुने भएको छ …

Leave a Reply

Your email address will not be published.