गृहपृष्ठ > समाचार > राष्ट्रिय समाचार > सुन तस्करी प्रकरणः पत्रकारसहित तीन जना पक्राउ

सुन तस्करी प्रकरणः पत्रकारसहित तीन जना पक्राउ

file-photo

काठमाडौं । सूचना विभागको परिचयपत्र बोकेका एक जना पत्रकारसहित ३ जना सुन तस्करीको अनुसन्धानमा पक्राउ परेका छन् । 

३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको उच्चस्तरीय अनुसन्धान टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । 

प्रहरीले असार १६ मा नागढुङगाबाट बरामद गरेको ३ किलो सुनको थप अनुसन्धानमा हिन्दु साप्ताहिकका तर्फबाट सूचना विभागले परिचयपत्र जारी गरेका गणेशप्रसाद अधिकारी पक्राउ परेका हुन् । 

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा रहेका अधिकारीलाई थप अनुसन्धानका लागि बुधबार केही सार्वजनिक अपराध ऐनअनुसार म्याद थप गरिएको हो। 

अनुसन्धान टोलीका संयोजक सहसचिव ईश्वरराज पौडेलले ३ किलो सुनसहित पक्राउ परेका भारतीय आरोपीलाई नख्खु र सुन्धारा कारागारमा भेट्न गएपछि अधिकारी अनुसन्धानको दायरामा आएको बताए । 

उनका अनुसार कारागारमा भेटघाटमा लागि गएका अधिकारी सुन ओसार पसार गर्ने कार्यमा सक्रिय रहेको प्रमाण फेला परेपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको हो ।

सायद यो पनि तपाईंलाई मनपर्छ

६६ वर्षे स्वीस नागरिक पक्राउ, फेसबुकबाट साथी बनाएर अप्राकृतिक मैथुनको आरोप

४ साउन, काठमाडौं । विभिन्न व्यक्तिलाई फेसबुकबाट साथी बनाउँदै अप्राकृतिक यौन दुराचार गरेको आरोपमा एकजना …

Leave a Reply

Your email address will not be published.