राष्ट्रिय समाचार

चौतर्फी विरोधपछि जग्गा कित्ताकाट फुकुवा |

रातोपाटी

काठमाडौं–कृषियोग्य भूमिबाहेकका जमिनहरु अब कित्ताकाट गर्न फुकुवा भएको छ  । चौतर्फी विरोध र दबावपछि जग्गा किताकाटमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दिएको यस अघिको निर्देशन खारेज गरेको हो । 

आज (पुस २७) मन्त्रालयले नयाँ निर्देशन जारी गरेको छ । यो निर्देशनपछि स्थानीय तहले कृषि, वन, नापी, जग्गा प्रशासन र शहरी विकास सम्बन्धि प्राविधिक रहेको जग्गा उपयोगिताको विश्लेषण गर्न प्राविधिक समिति गठन गर्नुपर्नेछ । 

समितिले जग्गा कित्ताकाट गर्न उपयोगी ठहर गरेको अवस्थामा कित्ताकाट गर्न सक्ने व्यवस्था गरिएको छ । अंशबण्डाको जमिन पनि कित्ताकाट गर्न पाइने छ तर एक पटकभन्दा बढी अंशियारबीच अंश बण्डा गर्न पाइनेछैन ।