राष्ट्रिय समाचार

अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

२o७५ पौष २७ शुक्रबार| प्रकाशित १७:२१:oo

Nepal Live

काठमाडौं– समाजसेवी सावित्री श्रेष्ठले भक्तपुरका ४३ अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गरेकी छन्।

जाडो बढेसँगै विचल्लिमा परेका बालबालिकालाई व्यक्तिगत पहलमा ब्ल्यांकेट र सिरानी वितरण गरिएको श्रेष्ठले बताइन्।

भक्तपुरको नवयुवा बाल सुधार समाजमा रहेका बालबालिकालाई कपडा वितरण गरिएको हो।

जाडो बढेसँगै बालबालिकालाई चिसोले निमोनिया र रुघाखोकी लागेको सुनेपछि आफूले पहल गरेर न्यानो कपडा वितरण गरिएको श्रेष्ठले बताइन्।

भक्तपुरमा रहेको आश्रममा देशका विभिन्न स्थानबाट अलपत्र परेका बालबालिकालाई आश्रय दिइएको छ।