राष्ट्रिय समाचार

सिंगो केन्द्रीय समिति लागेकाले राजीनामा : नैनसिंह महर

२o७५ माघ २८ सोमबार| प्रकाशित १४:४९:oo

Nepal Live

काठमाडौं– नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै महरले आफ्नो राजीनामा पत्र पढेर सुनाएका छन्। यद्यपि, पार्टी सभापतिलाई राजीनामा पत्र बुझाउन भने बाँकी छ।

सो क्रममा उनले आफ्नो राजीनामा गराउन सिंगो केन्द्रीय कार्यसमिति लागेकाले राजीनामा दिएको बताए।

निर्वाचित कार्यसमितिबाट महाधिवेशन गराउनु पर्नेमा तदर्थ समितिको बाटोमा लागेको भन्दै महरको असन्तुष्टि थियो।