समाचार

कालीगण्डकी किनारमा शिक्षकको शव फेला

फलेवास – बेवारिसे रुपमा कालीगण्डकी नदी किनारमा भेटिएको शव बेपत्ता शिक्षक नारायण पौडेलको भएको प्रहरीले पुष्टि गरेको छ । 

डिएनए परीक्षणमा शव बेपत्ता शिक्षककै भएको पुष्टि भएको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए। “शवसँग पौडेलका बाबु, आमाको रगत पठाएका थियौँ, डिएनए परीक्षणमा मिलेको रिपोर्ट प्राप्त भएको छ”, उनले बताए। 

कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल गत जेठ २५ देखि बेपत्ता थिए । दुई सातापछि बागलुङको जैमिनी नगरपालिकाअन्तर्गत कालीगण्डकी किनारमा उनको शव भेटिएको थियो । शव पौडेलकै भए/नभएका विषयमा पुष्टि गर्न प्रहरीले डिएनए परीक्षणका लागि राजधानी पठाएको थियो । रासस