एक दिवसीय मान्यता पाएपछि अस्ट्रेलियाबाट माइकल क्लार्कले दिए यस्तो सन्देश

सिड्नी । अष्ट्रेलियन क्रिकेट टोलीका पूर्व कप्तान माइकल क्लार्कले नेपाली क्रिकेट टोलीले एक दिवसीयको मान्यता पाएको भन्दै शुभकामना व्यक्त गरेका छन् ।

क्लार्कले शुक्रबार बिहान ट्विट गर्दै नेपालले एक दिवसीयको मान्यता पाएकोमा आफु निकै खुशी रहेको भन्दै शुभकामना व्यक्त गरेका हुन्् । क्रिकेटर सन्दिप लामिछानेले एकदिवसिय मान्यता पाएको खुशीयालीमा गरेको ट्विट सेयर गर्दै क्रिकेटर क्लार्कले सन्दिपका साथै सारा नेपालीलाई वधाई दिएका हुन् ।

ट्विटमा उनले भनेका छन्, ‘तिमीलाई र सारा नेपालीलाई वधाई ।’ क्लार्कले क्रिकेटर सन्दिपलाई आफ्नै पहल र खर्चमा अस्ट्रेलिया ल्याएर क्रिकेटको प्रशिक्षण गराएका थिए । सो क्रममा सन्दिपले अस्ट्रेलियाका स्थानीय क्लवहरुबाट केही म्याचहरु पनि खेलेका थिए ।

जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाएको हो । नेपालले सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न प्रतियोगितामा सहभागिता जनाउन पाउने छ भने आइसिसीले अहिले गर्दै आएको सहयोगमा वृद्धि हुनेछ ।

Comments are closed.