आर्सनल र एथ्लेटिको मड्रिड यूरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश

एजेन्सी । आर्सनल यूरोपा लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बिहीबार राति सम्पन्न खेलमा एसी मिलानलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा एसी मिलानलाई ३–१ ले हरायो । आर्सनलका लागि ड्यानी वेल्बेकले दुई गोल गरे भने ग्रानिट झाकाले एक गोल गरे । पहिलो लेगमा २–० गोलले विजयी भएको आर्सनल समग्रमा ५–१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो ।

यूरोपा लिगको अन्तिम १६ का अन्य खेलहरुमा रुसको लोकोमोटिभ मस्कोलाई हराउँदै स्पेनको एथ्लेटिको मड्रिड क्वाटरफाइनलमा पुग्यो भने अर्को स्पेनिस क्लव एथ्लेटिक बिल्बाओलाई फ्रान्सको मार्सेले समग्रमा ५–२ ले पराजित गर्यो ।

यसैगरी युक्रेनको डाईनामो किभलाई हराउँदै ईटालीको लाजियो, चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई हराउँदै पोर्चुगलको स्पोर्टिङ, रुसको जेनिथलाई हराउँदै जर्मनीको आरबी लेप्जीग, फ्रान्सको लियोंलाई पाखा लगाउँदै रुसको सिएसकेए मस्को र जर्मनीको बोरुसीया डर्टमण्डलाई हराउँदै अष्ट्रियाको साल्जबर्ग पनि युरोपा लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

Comments are closed.