गृहपृष्ठ > समाचार > माओवादी जनयुद्धबारे पूर्व प्रहरी अधिकृतद्धारा लिखित पुस्तक बेलायतबाट प्रकाशन

माओवादी जनयुद्धबारे पूर्व प्रहरी अधिकृतद्धारा लिखित पुस्तक बेलायतबाट प्रकाशन

पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठ

लण्डन । बेलायतमा बसोबास गर्ने नेपाल प्रहरीका एक पूर्व अधिकृतले माओवादी जनयुद्ध र प्रहरीसंग सम्बन्धित बिषयमा रहेर एक पुस्तक प्रकाशित गरेका छन् । नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले अंग्रेजी भाषामा लेखेको ‘द माओइस्ट इन्सर्जेञ्सी इन नेपाल एण्ड इट्स इम्प्याक्ट अन द नेपाल पुलिस मोराल’ पुस्तक प्रकाशित भएको हो ।

माओवादीको १० वर्षे जनयुद्धले नेपाल प्रहरीको मनोवलमा पारेको असरको बिषयमा केन्द्रित रहेर पुस्तक लेखेका हुन् । वि.सं. २०५२ देखि ६२ सालसम्म भएको माओवादी जनयुद्धको क्रममा करिब १७ हजार नेपाली मारिएकोमा १४८६ प्रहरी कर्मचारी मारिए, करिब २४०० घाइते भए, ११२८० (तत्कालिन प्रहरी संख्याको करिब २५ प्रतिशत) प्रहरीले बिचमै जागिरबाट अवकाश लिएका थिए भने ७६४ प्रहरी कार्यालय ध्वस्त बनाइएको थियो ।

अन्तर्राष्ट्रिय खोज तथा पुस्तक प्रकाशन गर्ने संस्था ‘लाम्बर्ट एकेडेमिक पब्लिसिङ्ग’बाट अंग्रेजी भाषामा गत हप्ता प्रकाशन भएको सो पुस्तकको मूल्य ४९.९० युरो (नेपाली रुपिया करिब ६५००) मुल्य रहेको छ ।

यस पुस्तक प्रकाशनको पृष्ठभुमिबारे लेखक शिवजी श्रेष्ठ भन्छन्, ’’छ बर्ष अगाडी अक्सफोर्ड युनिभर्सिटीसंगको सहकार्यमा ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलले गरेको एक सेमिनारमा यसै बिषयमा प्रस्तुतीकरण गर्दा बेलायतको लन्डनस्थित सोआस युनिभर्सिटी अफ लन्डनका प्रोफेसर माइकल हटले माओवादी जनयुद्धको बारेमा धेरै माओवादी नेता तथा कार्यकर्ताहरुबाट पुस्तक प्रकाशन भएपनि पुर्व सुरक्षाकर्मीहरुबाट नगन्य मात्रामा लेख तथा पुस्तक आएको देखिन्छ, तसर्थ तपाइले यस बारेमा पुर्व सुरक्षाकर्मीको नाताले किन पुस्तक प्रकाशन नगर्ने? भनि गरेको घचघच्याहटले नै अहिले पुस्तकको रुप लिएको हो ।”

यस पुस्तक चांडै नै नेपाली भाषामा पनि प्रकाशित गरिने लेखक श्रेष्ठले जानकारी दिए । पुस्तकमा नेपालको तत्कालिन राजनीतिक परिवेश, जनयुद्ध सुरु हुंदाको पृष्ठभुमि, तत्कालिन राजनीतिक परिस्थिति, सरकारको रबैया, सुरक्षास्थिति, माओवादी जनयुद्ध र त्यसले नेपाल प्रहरीलाई पारेको असर बिना पूर्वाग्रह विश्लेषण गरिएको छ ।

मुख्यतः नेपाल प्रहरी कर्मचारीको मनोबलमा पारेको असरलाई केलाउदै त्यसमा सुधार ल्याउनको लागि सुझावसहित विश्लेषण पुस्तकमा गरिएको छ । हाल बेलायतमा बसोबासरत पूर्व प्रनाउ श्रेष्ठले नियमित रुपमा नेपाली अनलाइन र छापाहरुमा समसामयिक लेखहरु प्रकाशन गर्दै आएका छन् । 

सायद यो पनि तपाईंलाई मनपर्छ

डा. केसीलाई नि:शर्त वार्तामा आउन सरकारको आह्वान

५ साउन, काठमाडौं । सरकारी वार्ता टोलीले डा. गोविन्द केसीलाई निशर्त वार्तामा आउन आह्वान गरेको …

Leave a Reply

Your email address will not be published.