नेपालकाे भाैगाेलिक अखण्डताकाे पक्षमा भाजपा, गर्‍याे कीर्ति अाजादकाे ट्वीटकाे निन्दा

काठमाडौं । मिथिला क्षेत्रको बारेमा आपत्तीजनक ट्वीट गर्ने नेता कीर्ति आजादलाई भारतीय जनता पार्टी (भाजपा)ले निन्दा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरिरहेको बेलामा मिथिला क्षेत्रको बारेमा आपत्तिजनक ट्वीट गर्ने कीर्ति आजादलाई भारतीय जनता पार्टी (भाजपा) ले निन्दा गरेको हो ।

भाजपाका महासचिव तथा परराष्ट्र विभाग प्रभारी विजय चौथइवालेले एक ट्वीटमार्फत आजादको ट्वीटको निन्दा गरेका हुन् ।

ट्वीटमा उनी चौथइवालेले लेखेका छन्, ‘कीर्ति आजादलाई धेरैपहिले पार्टीबाट निष्काशन गरिसकिएको हो । भाजपा नेपालको भौगोलिक अखण्डताको पक्षमा छ । हामी कीर्ति आजादको यो बदमासीपूर्ण ट्वीटलाई कडा शब्दमा निन्दा गर्छौं ।’

Leave A Reply