समाचार

फोपी एप्स सार्वजनिक कार्यक्रममा लफडा


काठमाण्डौको रसियन कल्चर सेन्टरमा आयोजना हुन लागेको एक कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दा कार्यक्रम बिथोलिएको छ । फोपी एप्सको कार्यक्रममा संगीत रोयल्टी संकलन समाझको टिमले प्रहरी लिएर पुगेपछि लफडा भएको हो ।

यो एप्सको माध्यमबाट दर्शकले चलचित्र, गीत किन्न पाउने व्यवस्था गरिएको छ । तर, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी र उनको टिमसहितले जिल्ला प्रशासन कार्यलयमा कार्यक्रम रोकिपाउ भनेर निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यलयको पत्र लिएर उनीहरु कमलपोखरीमा आयोजना हुन लागेको कार्यक्रममा पुगेका थिए ।

यो एप्स सार्वजनिक हुँदा सर्जकको रोयल्टी पाउने अधिकार बञ्चित हुने भन्दै उनीहरु आक्रोशित भएका हुन् । प्रशान्तराज कार्कीको समहुले यो एप्स तयार पारेको हो । जसमा, बुढासुब्बा म्यूजिकले पनि साथ दिएको थियो । प्रहरीले बुढासुब्बाका प्रमुख नवराज गिरीलाई पक्राउ गरेको छ ।

उनलाई अहिले कमलपोखरीमा राखिएको छ । प्रहरीले कुराकानी मिलाउन खोजेपनि रोयल्टी समाजका सदस्यहरु भने आक्रोशित देखिएका छन् । तर, यसका निर्माणकर्ताले भने यसले पाइरेसी रोक्न ठूलो भूमिका खेल्ने र सर्जकलाई रोयल्टी पनि दिने बताएका छन् ।

यो एप्समा जसले पैसा तिरेर चलचित्र, गीतसंगीत किन्छ उसले मात्र हेर्न मिल्ने, अर्को मोबाइल, कप्युटर वा ल्यापटपमा बाँड्न नमिल्ने व्यवस्था गरिएको छ ।

२०७५ असार १८ गते १५:५९ मा प्रकाशित

विशेष