समाचार

‘अधिकांस बलिउड सुपरस्टारहरु समलिंगी सम्वन्धमा’

बलिउड अभिनेत्री माहिका शर्माले तेस्रो लिंगी समुदायको जमेर समर्थन गर्दै आएकी छिन् । तेस्रो लिंगीलाई संवैधानिक मान्यता दिनुपर्ने उनको मान्यता छ ।

चाँडै फिल्म ‘द मोडर्न कल्चर’ मा देखिन लागेकी यी अभिनेत्रीले हालै एक अन्तरवार्तामा दावी गरेकी छन् कि बलिउडका थुप्रै्र सुपरस्टार समलिंगी सम्वन्धमा छन् । पुरुष समलैंगीकता इन्डष्ट्रभित्र मौलाइरहेको उनले बताइन् ।

‘यो देशमा समलिंगीले भन्दा बलत्कारीले बढि अधिकारको उपभोग गरिरहेका छन्, माहिकाले भनिन्, ‘बलत्कारीहरु स्वतन्त्र घुमिरहेका छन्, तर समलिंगीहरुले समाजमा मुख देखाउन सक्ने अवस्था छैन ।’

उनले समलिंगीहरु ईश्वरको सर्वोत्तम रचना भएको बताइन् । माहिका यसअघि पनि विभिन्न टिप्पणीहरुबाट चर्चामा आउने गरेकी छन् । उनले आफू पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी र हलिउड अभिनेता रेयान रेनाल्ड्स आफ्नो क्रश रहेको बताएकी थिइन् ।

माहिकाले भनेकी थिइन्, ‘म कहिल्यै भारतीय सेलिबि्रटीप्रति आकषिर्त भइनँ । मलाई पाकिस्तानका क्रिकेटर शाहिद अफ्रिदी र हलिउड स्टार रेयान रोनाल्ड्सले मोहित तुल्याउँछन् ।’

उनले एडल्ट स्टार डेनी डीको पनि प्रशसा गरिन् । मौका पाएको खण्डमा डेनीसँग एडल्ट फिल्म खेल्न समेत तयार रहेको माहिकाको भनाई थियो ।

२०७५ असार २९ गते ९:०५ मा प्रकाशित (२०७५ असार २८ गते २३:५५मा अद्यावधिक गरिएको)