समाचार

आप्रवासी कामदारका ’boutमा एकअर्काबाट सिक्न सकिन्छ

फिलिपिन्सकी उपराष्ट्रपति मारिया लेनोर रोब्रेडो एसिया प्यासिफिक समिट २०१८ मा भाग लिन यति बेला काठमाडौंमा आइपुगेकी छन्। नागरिकका प्रधानसम्पादक गुणराज लुइँटेल र रिपब्लिकाका सम्पादक सुबास घिमिरेले उनीसँग नेपाल र फिलिपिन्सबीचको आर्थिक सहयोगलगायतका सामयिक विषयमा शुक्रबार साँझ गरेको कुराकानी।

यो तपाईंको नेपालमा पहिलो भ्रमण हो ?
हो। हामीले स्वप्न वाटिकामा रात्रिभोज ग-यौं र माउन्टेन फ्लाइटमा गयौं। यो निकै रमाइलो रह्यो !

हाम्रा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई तपाईं कसरी हेर्नुहुन्छ ?
हामीले सम्भावनाहरूको अधिकतम उपयोग गर्न सकेका छैनौं। हामीबीच समानता छन्, हामी दुवै बहुसांस्कृतिक, बहुभाषी छौं र मध्यपूर्व तथा खाडी मुलुकमा थुप्रै नेपाली र फिलिपिनोले काम गरिरहेका छन्।

हाम्रा समस्या पनि साझा छन्। दुवै देशको ठूलो व्यापार घाटा छ र हाम्रो आर्थिक वृद्धि समावेशी हुन सकेको छैन। गत आठ वर्षमा फिलिपिन्सको आर्थिक वृद्धि एकदमै धेरै छ तर गरिब र धनीबीचको खाडल निकै बढी भएकाले यो धेरै समावेशी हुन सकेको छैन। अहिलेको चुनौती भनेकै आर्थिक वृद्धिलाई समावेशी बनाउने हो र नेपालमा पनि यस्तै छ भन्ने मलाई लाग्छ।

दुई देशबीचको सम्बन्धमा केही उल्लेख्य प्रगति भएका छन्। सन् २०१५ मा पहिलोपटक नेपाल–फिलिपिन्स च्याम्बर अफ कमर्सको स्थापना भयो। तर, अझै उच्चस्तरीय भ्रमण हुन बाँकी छ। यो भने दुःखलाग्दो कुरा हो ! आगामी केही वर्षमा यो स्थितिमा परिवर्तन आउनेछ भन्नेमा हामी आशावादी छौं। हामी एसियाली मुलुकमा गतिशील सम्बन्धमा उपायको खोजी गरिरहेका छौं।

तपाईंको देशको क्षेत्रीय गतिविधिमा वृद्धि होला ?
मैत्री सम्बन्धका ’boutमा कुरा गर्दा हाम्रा दुवै सरकार रणनीतिक हुनै पर्छ। असल अभ्यास र बहुपक्षीय सम्बन्धको आदानप्रदानले हामीबीच राम्रो गर्न सक्छ। हामीले क्षेत्रीय सम्बन्ध विस्तारका उपाय’bout सोच्नु आवश्यक छ।

मैले नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि भेटेर कृषिको आधुनिकीकरण र आपसी सबल पक्ष’bout छलफल पनि गरें।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले दक्षिण पूर्वी एसियाली मुलुकहरुको साझा संगठन (आसियान) बाट सिक्न सक्ने के पाठ होलान् ?
सार्क मुलुकहरूबीचको प्रयास विश्वासिलो हुन सकेको छैन भन्ने मलाई लाग्छ। यस क्षेत्रका मुलुकहरू क्षेत्रीय समन्वयभन्दा आफ्नै देशको समृद्धिनिम्ति बढ्ता केन्द्रित भएका छन्। मानसिकतामा परिवर्तन हुनुपर्छ भन्ने लाग्छ।
हामीले सँगै काम ग-यौं भनी हामी अझ समृद्ध बन्नेछौं। हरेक मुलुकले केमा विशिष्टीकरण गर्ने र त्यसबाट एकअर्काले कसरी लाभान्वित हुने भन्नेमा धेरै विचार पु-याउनुपर्छ। हामीले साझा समृद्धि’bout सोच्नुपर्छ।

नेपालले फिलिपिन्सबाट लगानी भिœयाउन के गर्नुपर्ला ?
लगानी आकर्षित गर्नुअघि हामीले बहुआयामिक पक्षमा काम गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसका निम्ति एउटा पक्ष भनेको राजनीतिक स्थायित्व हो र नेपाल सही दिशातर्फ अघि बढिरहेको छ भन्ने मलाई लाग्छ। नयाँ संविधान लागू भएसँगै तपाईंको सरकारले आफूलाई सफलतापूर्वक पुनर्ताजगी गरिरहेको छ। यो स्थिरता केही वर्षसम्म रह्यो भने तपाईंले यसको प्रतिफल देख्न पाउनुहुनेछ।

नेपालले आफ्नो सबल पक्ष फेला पार्नेछ भन्नेमा म विश्वस्त छु। धेरै मानिस सगरमाथा हेर्न आउँछन्। धेरै फिलिपिनोले पदयात्रा गर्दैनन्। तर, नेपालले पर्यटनमा आफ्नो प्रभाव जमाइराख्न अन्य धेरै मुलुकलाई यसमा सहभागी गराउनुपर्छ। यस्तो सम्मेलनको आयोजना यस्तै एउटा प्रयास हो। मैले सम्मेलन’bout आलोचना पनि सुनें तर यसलाई राम्ररी व्यवस्थित गरियो भने फलदायी हुन्छ। नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरुपमा सफल तुल्याउन थप प्रयास र रणनीति हुनुपर्छ।

एसिया प्यासिफिक समिट २०१८ को आलोचना भएको छ। यो सम्मेलनको अन्तर्वस्तु के हुुनुपर्छ ?
यस संस्थाले मलाई पहिलोपटक आमन्त्रण गरेको हो। यसमा क्रिस्चियन उद्देश्य अन्तर्निहित भएको मलाई जानकारी छैन। मलाई निमन्त्रणा दिएका बेला धर्मका ’boutमा कुनै कुरा भएको थिएन। सम्मेलन जलवायु परिवर्तन, लैंगिक समानता र युवा सहभागिता’boutमा भइरहेको छ। मैले यो संस्था कुनै एक धर्मका विरुद्धमा अर्को धर्मका लागि प्रयोग भएको पाएकी छैन। तपाईंहरूको नयाँ धर्मनिरपेक्ष मुलुकको संवेदनशीलताको स्थिति म महसुस गर्न सक्छु।

सन् २०१६ मा फिलिपिन्समा नयाँ सरकार आएयता मानवअधिकार उल्लंघनलाई लिएर धेरै आलोचना भइरहेको छ। तपाईंको देशको अहिलेको अवस्था कस्तो छ ?
मैलै स्वीकार गर्नैपर्छ, केही विषय उठेका छन् र त्यस’bout सार्वजनिक रुपमा मेरा अभिव्यक्ति पनि आएका छन्। मैले लागूऔषधविरुद्धको युद्धमा भएका हजारौं मृत्यु’bout सरकारका खास नीति’bout बताउन भनेकी छु।

यो साताको एउटा ठूलो घटना भनेको तीन उच्च प्रहरी अधिकृतलाई क्षेत्रीय अदालतले दोषी ठहर गर्दै थुनामा पठाउनु हो। हाम्रो न्यायिक प्रणालीले काम गरिरहेको छ भन्ने सन्देश यसले दिएको छ भन्ने मलाई लाग्छ र यो अनाहकको मृत्युको निरन्तरता रोक्न हाम्रो सरकार गम्भीर छ। यसमा गत वर्ष र त्योभन्दा अघिल्लो वर्षमा भन्दा पनि बढ्ता चासो राख्नुपर्ने अवस्था आएको छ। हालैको अदालतको आदेशले यी हत्या राज्यद्वारा गरिएका होइनन् भन्ने प्रमाणित गर्र्छ। आगामी दिनमा स्थितिमा सुधार आउँछ भन्नेमा म आशावादी छु।

विदेशी लगानी ल्याउन फिलिपिन्सले के गरिरहेको छ ?
हाम्रा धेरै एसियाली समकक्षीहरू विशेषगरी विज्ञान र प्रविधिमा लगानी ल्याउन अग्रसर भएका छन्। हाम्रो कंग्रेसले हालै एउटा विधेयक पास गरी देशमा व्यवसाय गर्न सहज बनाएको छ। हामीले कर्मचारीतन्त्रलाई सीमित गर्न र लालफित्ताशाही कम गर्न खोजिरहेका छौं। हामीले प्रविधिमा लगानी ल्यायौं भने पछि पर्नुपर्ने छैन। नेपालको पनि यही स्थिति होला भन्ने मलाई लाग्छ।

दुवै देशले मध्यपूर्वका देशमा कामदार पठाउने गरेका छन्। हामीबीच आपसी सहयोगको कुनै क्षेत्र होला ?
म मनिलाबाट ४ सय किलोमिटर टाढाको सहर नागाबाट आएकी हुँ। मेरा पति लामो समयसम्म त्यहाँका मेयर हुनुहुन्थ्यो। हामीले त्यहाँ कामदारको भर्ना, तालिम र अभिमुखीकरणका निमित एउटा स्रोतकेन्द्र सुरु गरेका थियौं। यो ठाउँ परिवार, विदेशमा काम गरिरहेकाहरू र फिलिपिनोलाई रोजगारी दिइरहेका कम्पनीहरूको सम्पर्क विन्दु पनि थियो। केन्द्रले दुव्र्यवहार र कामदारको कामको खराब वातावरणसम्बन्धी उजुरी’bout हेथ्र्यो। यो एकदमै राम्रो मोडल थियो भन्ने मलाई लाग्छ। यसलाई देशका अन्य भागमा पनि विस्तार गर्न सकिन्छ।

हाम्रा आप्रवासी कामदारको कामको वातावरण सुरक्षित तुल्याउन काम गर्नु आवश्यक छ। विदेशी कम्पनीलाई द्विपक्षीय सम्झौतामा बाँध्न सजिलो छैन। धेरै दुव्र्यवहार भइरहेको हुन्छ। यस्तो सम्झौता बलियो र लागू गर्न सकिने हुनुपर्छ। आप्रवासी कामदारका ’boutमा हामीले एकअर्काबाट सिक्ने र सहयोग गर्ने हुन सक्छ।

हाम्रा मानिस बाध्यताले भन्दा आफ्नो इच्छाअनुसार विदेश जाऊन् भन्ने चाहन्छौं। अहिले कुनै विकल्प नभएर उनीहरू विदेश जानुचाहिँ दुःखलाग्दो पक्ष हो।