समाचार

‘नेपालमा ४ सय मानिस परिचालन गरेका छाैं’

सबै बालबालिकाले उनीहरुसँग रहेको सामथ्र्य पूरा गर्ने अवसर निश्चित गर्नका लागि सामूहिक नेतृत्वको विकास गरिरहेको स्वतन्त्र संगठनहरुको विश्वव्यापी सञ्जाल ‘टिच फर अल’का सहसंस्थापक र प्रमुख कार्यकारी निर्देशक हुन्, वेन्डी कुप । संयुक्त राज्य अमेरिकामा रहेको शैक्षिक असमानतासँग लड्नका लागि उनले सन् १९८९ मा ‘टिच फर अमेरिका’ स्थापना गरेकी थिइन् । उनी टाइम म्याग्जिनको १ सय अति प्रभावशाली व्यक्तिमध्येकी एक व्यक्तिको रुपमा समेत परिचित छिन् । उनी हाल ‘टिच फर अल’को वार्षिक विश्वव्यापी सम्मेलनमा सहभागी हुनका लागि काठमाडौं आएकी छिन् । ‘टिच फर नेपाल’ र विश्वभरको शिक्षामा प्रभाव पार्ने नयाँ पुस्ताको सिर्जना गर्ने आन्दोलन’bout नागरिक दैनिकका गुणराज लुइँटेल र रिपब्लिकाका सुवास घिमिरेले वेन्डीसँग कुराकानी गरेका छन् ।

यो तपाईंको तेस्रो नेपाल भ्रमण हो । यी तीनवटा भ्रमणमा तपाईंले के देख्नुभयो ?
मैले ‘टिच फर नेपाल (टिएफएन)’को आँखाबाट नेपाल हेर्ने मौका पाएको थिएँ । प्रत्येक पल्ट टिएफएनका सदस्यले काम गरिरहेका गाउँमा हामी गएका छौं । म अझै पनि मेरो पहिलो गाउँ भ्रमण प्रष्टसँग सम्झन्छु, जहाँ काठमाडौंमै हुर्किएर, यहीं रहेका विश्वविद्यालय पढेका यी सदस्यहरू बैंकका रोजगारीको अवसर छोडेर टिएफएनसँग काम गर्न आएका थिए र उनीहरूले नै पढाइरहेका विद्यार्थी कै घरमा बसिरहेका थिए । एक सदस्य अर्काे सदस्यसँगै मिलेर एउटै खाटमा सुतिरहेका थिए । उनीहरूले देखाइरहेको लगनशीलता एकदमै आश्चर्यजनक थियो । मैले यस्तै प्रकारको अवस्था विश्वभर देखेकी छु तर टिएफएनका सदस्यहरूले देखाउने लगनशीलताको तह फरक थियो।

बाहिर जान र संयुक्त राज्य अमेरिकामा रहेका गरीब विद्यालयलाई पढाउनका लागि तपाईंले फेलोसिप कार्यक्रमको योजना ल्याउनु भयो । ‘टिच फर अमेरिका’ स्थापना गर्नका लागि तपाईंलाई के कुराले प्रभावित गर्यो ? तपाईंको बाल्यकाल कस्तो थियो?
म सार्वजनिक विद्यालयमा पढेकी हुँ र मेरो बाल्यकाल अत्यन्तै सुविधासम्पन्न समुदायमा बित्यो । वास्तवमा मेरो बाबाआमा आफै चाहिं  सुविधासम्पन्न पृष्ठभूमिका थिएनन् तर उनीहरू आफै त्यस्तो समुदायमा आइपुगेका थिए जहाँ राम्रा सार्वजनिक विद्यालय थिए । मैले अमेरिकामा उत्कृष्ट शिक्षा प्राप्त गरें र प्रिन्सटन विश्वविद्यालय गएँ । त्यहाँ पुगेपछि मैले अमेरिकामा विद्यमान असमानता देख्न थालें । तपाईं अमेरिकाका कलेज र क्याम्पसमा कसरी मानिस हुर्किएका ठाउँका आधारमा फरक शैलीमा तयार पारिन्छन् भन्ने देख्न सक्नुहुन्छ । मेरो पहिलो वर्षको कक्षाकी रुममेट न्यूयोर्कको दक्षिण ब्रोन्क्सको सार्वजनिक विद्यालय गएकी थिइन् । सो क्षेत्र अमेरिकामा अत्यन्तै गरिब समुदाय बस्ने क्षेत्र मानिन्छ । मैले उनी र उनका साथीमार्फत सो क्षेत्रको पहिलो पुस्ताको कलेज विद्यार्थीलाई देखें र हामी कसरी फरक शैलीमा तयार पारिएका रहेछौं थाहा पाएँ । यो कुराले मलाई हाम्रो देशको वास्तविकता’bout सोच्न बाध्य बनायो र यसले मलाई अमेरिकामा वास्तवमै समान अवसर छैन भन्ने अनभूति दिलायो र तपाईं जन्मिएको ठाउँले कसरी तपाईंको शैक्षिक नतिजालाई र जीवन निर्धारण गर्छ भन्ने विषयमा सोच्न विवश बनायो । प्रिन्सटन विश्वविद्यालयमा सार्वजनिक नीति प्रमुखका रूपमा मैले यस विषयमा थप अध्ययन गर्न थालें र जब म मेरो पढाइको अन्तिम वर्षमा पुगें मैले आफूले आफैलाई सोधें मैले मेरो जीवनमा के गरेर बिताउन चाहन्छु । मैले निश्चित गरें की म जे पनि गर्न सक्छु । त्यो सबै हाम्रो देशमा भएको शैक्षिक व्यवस्थाको कारण थियो । धेरैभन्दा धेरै मानिसलाई कसरी राम्रो शिक्षा दिन सकिन्छ भन्ने विषय मैले सोच्दा त्यो स्वतन्त्रताको बाटोबाट मात्रै सकिन्छ भन्ने निष्कर्षमा पुगें । मैले ‘टिच फर नेपाल’ स्थापना गर्दा यो विषय नै मेरो दिमागमा चलिरहेको थियो।

तपाईंलाई यो विचारले काम गर्छ भन्ने कुरामा केले आत्मविश्वास बढायो?
मैले अमेरिकाको शैक्षिक असमानताको विषयमा सम्मलेन आयोजना गरें । यो विषयमा कुराकानी गर्नका लागि सरकारी नेता र व्यापारिक नेतासहित विद्यार्थीलाई सँगै ल्याउनका लागि मैले एउटा संस्थासँग काम गरिरहेकी थिएँ। सम्मेलनमा देशैभरका विद्यार्थी सहभागी भएका थिए । यदि आफूलाई नियुक्त गरिए देशको ग्रामीण र सहरी दुवै क्षेत्रमा आफूले पढाउने भनिरहेका विद्यार्थीको समूहमा म थिएँ । त्यस्ता शिक्षकको आवश्यकता छ कि छैन भन्ने विषय पनि मलाई थाहा थिएन । यही विषय मेरो सोचको कारण बन्यो।

हाम्रो पुस्ता ‘म पुस्ता’का रूपमा परिचित थियो । हामी सबै वाल स्ट्रिटका बैंकमा जान र काम गर्न चाहन्थ्यौं । म भने यो मात्रै विषय छैन है र सबै जना विश्वमा केही फरक गर्ने बाटो खोजिरहेका छन् भन्नेमा विश्वस्त थिएँ।

बैंकका दुई वर्षका लागि काम गर्नका लागि प्रतिबद्धतासहित जसरी पदपूर्ति गरिन्छ, किन हामीले पनि देशका सहरी र ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयमा दुई वर्षका लागि प्रतिबद्धता व्यक्त गर्न नियुक्त नगर्ने भन्ने सोच मलाई आयो । मैले यो विषयमा शोधपत्रको शीर्षक बनाएँ र यो विषयलाई नै प्रस्ताव गर्ने निर्णय गरें।

टिच फर नेपालले पछिल्ला पाँच वर्षमा नेपालमा उल्लेखनीय काम गरेको छ । टिएफएन’bout तपाईंले के देख्नु भएको छ र धेरैभन्दा धेरै नेपाली बालबालिकाको शैक्षिक नतिजा सुधारका लागि टिएफएनले कसरी भूमिका खेल्न सक्छ  जस्तो लाग्छ?
पहिलो कुरा, हामीले विभिन्न ६४ देशका चार सय मानिसलाई नेपालमा परिचालन गरेका छौं किनकि ‘टिच फर नेपाल’को पहुँचमा हामी आफैले आफैलाई तत्लीन गराएका छौं । उनीहरूले गाउँका मानिसले सार्वजनिक गरेका आवश्यकतालाई प्रतिक्रिया जनाउनका लागि कार्यक्रम सिर्जना गर्न उनीहरूले आश्चर्यजनक काम गरिरहेका छन् । त्यसैगरी उनीहरूले ती गाउँहरूमा स्थानीयसँग बलियो साझेदारीसमेत विकास गरिरहेका छन् । केवल पाँच वर्षीय इतिहासमा टिएफएनले स्थानीय सरकारबाट आर्थिक सहायता पाएको छ, जसले उनीहरूलाई थप विकास गर्न सहयोग पुगिरहेको छ।

विश्वव्यापी रूपमा हामीले काम गरिरहेको अनुभवका आधारमा हामीले के देखेका छौं भने ती समुदायमा रहेका मानिसका चाहना पूरा गर्नका लागि र समुदायको प्रगतिका लागि समुदायसँग गहिरो साझेदारीमा काम गर्नु वास्तविकता हो । टिएफएनले समुदायमा त्यस्ता आधारशीला बनाएकोमा म अत्यन्तै खुसी भएको छु।

टिएफएनका सहसंस्थापक र प्रमुख कार्यकारी निर्देशक शिशिर खनालसँग कुराकानी गरेपछि पनि नेपालमा यसको आवश्यकता ठूलो छ भन्ने भेउ तपाईंले पाउनुहुन्छ । उनी छोटो समयका लागि नेपालका धेरैभन्दा धेरै उदियमान शिक्षित मानिस, जो आफ्ना ऊर्जा गाउँमा पु¥याइरहेका छन्, उनीहरूसम्म पुग्न खोजिरहेका छन् । यद्यपि लामो समयका लागि उनी ती मानिसलाई जीवनभर नेपालमा रहेका सबै बालबालिकाले उनीहरुको सामथ्र्य पूरा गर्ने मौका सिर्जना गरिदिनका लागि प्रतिबद्ध रहिदिन आग्रह गरिरहेका छन्।

तपाईं त्यहाँ कसरी पुग्नुहुन्छ ? एउटा मात्रै बाटो भनेको राष्ट्रिय तहमै आर्थिक स्रोत पत्ता लगाउनु हो । सरकारी समर्थन, गाउँको समर्थन र विकास साझेदारको समर्थन पनि प्रमुख रहन सक्छन् । यति भयो भने भर्तीको विषय प्रमुख मुद्दा बन्दैन होला।

शिक्षा, स्वास्थ्य र अन्य थुप्रै विषयका नाममा नेपालमा धेरै पैसा आइरहेको छ । तर त्यो पैसा कतैतिर हराइरहेको छ । के ‘टिच फर अल’ ती स्रोतहरुमा पुग्ने’bout केही सोचिरहेको छ?
पक्कै पनि । यही प्रश्नले नै हामीलाई सोच्न बाध्य बनाइरहेको छ । निम्न र निम्न मध्यम आय भएका विश्वका देशहरूको सबैभन्दा ठूलो समस्या भनेकै आर्थिक स्रोत हो । हामीले ती देशमा शिक्षाका लागि त्यस्तै १३ देखि १४ विलियन अमेरिकी डलर खर्च गरिरहेका सबै विकास सहायता’bout सोचेका छौं । स्थानीय नेतृत्वको क्षमता विकासमा कसरी साँच्चिकैको दीर्घकालीन प्रभाव पारिरहेका स्थानीय संगठनलाई कसरी आर्थिक सहायता प्राप्त गर्न सकिन्छ ? यस्ता प्रकारका सहायताका धैरै हिस्सा सरकार र अन्तर्राष्ट्रिय संगठनमा जान्छन् जसले वास्तवमै ठूलो महŒवपूर्ण मात्राको प्रतिबद्धता गर्न सक्छ तर हामीले स्थानीय संगठनमा कसरी धेरै आर्थिक सहायता पाउन सकिन्छ भनेर थाहा पाउन जरुरी छ जसले स्थानीय नेतृत्व क्षमता बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्छ।

यसै साता हुन लागेको वार्षिक विश्वव्यापी भेला’bout केही बताउनुहोस्  । ‘टिच फर अल’ले यो सम्मेलन नेपालमै गर्न किन चुन्यो?
प्रत्येक वर्ष हामीले विश्वभर रहेका ४८ वटा ‘टिच फर अल’ संजाल साझेदारका प्रमुख पात्र र समर्थक र विश्वभरका दूरदर्शी साझेदारको भेला आयोजना गर्छौं । हामीले यस्तो भेला प्रत्येक वर्ष विश्वका विभिन्न भागमा गर्ने गरेका छौं र हाम्रो सामूहिक सोचाइलाई थप परिष्किृत गर्नका लागि विभिन्न मुद्दामा केन्द्रित भएर यस्तो भेला आयोजना गर्ने गरेका छौं । टिएफएनले लिइरहेको समुदाय केन्द्रित पहुँचमा तल्लीन हुन हामी नेपाल आएका छौं ’cause हामीलाई लाग्छ हाम्रो उद्देश्य जुन विश्वभर सामुदायिक तहको प्रगति हो त्यो प्राप्त गर्नका लागि यो अत्यन्तै आवश्यक रहेको छ । बालबालिकाका सुखद् भविष्यका लागि र हामी सबैका लागि समुदायभर रहेका बालबालिकाले शिक्षा प्राप्त गर्न र सर्मथन प्राप्त गर्न र अवसर प्राप्त गर्नका लागि सम्भव रहेको मानिसहरूले देखाएका छन्।

त्यस्तो अवस्थामा पुग्नका लागि एउटै मात्र बाटो भनेको समुदायप्रतिको हाम्रो काम हो जुन समुदायसँग भएको त्यस्तो महत्वकांक्षा प्राप्तिका लागि गहिरो साझेदारीमा काम गर्नु हो । यद्यपि टिएफएन आफ्नो सुरुवाती यात्रामा रहेको छ, टिएफएनले देशैभरका गाउँमा थुप्रै विश्वसनीय बलियो समर्थन प्राप्त गर्नु नै त्यसको प्रमाण हो।

‘टिच फर नेपाल’ र नेपाल देश स्वयंले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि के के गर्न सक्छन्?
संसारभर नै शिक्षाका समस्या समान छन् । त्यसैले जब हामी ग्लोबल एजुकेसनको कुरा गर्छौं, बाँड्नलाई थुप्रै अनुभव छन् । हामीले नेपालबाट पनि धेरै कुरा सिक्न सक्छौं र टिएफएनका अल्मुनाई, साझेदारहरूले पनि विश्वका सबै ठाउँबाट केही न केही सिकिरहेका छन् । हाम्रो कामको मुख्य उद्देश्य भनेको नेतृत्व विकास गर्नु हो जसले सिस्टम भित्र रहेर होस् वा बाहिर बसेर , जसरी हुन्छ आफ्नो भूमिका निर्वाह गरुन् । हरेक ठाउँमा नीतिका कारण हामीले चाहेको परिवर्तन हुन सकेको छैन । नेपालमा पनि हाम्रो उद्देश्य भविष्यको सक्षम नेतृत्व विकास गर्ने हो र उनीहरूलाई प्रशिक्षित गर्ने हो ताकि भोलि त्यो ज्ञान उनीहरूले विद्यार्थीलाई हस्तान्तरण गरुन् । विद्यार्थीले सही ज्ञान लिऊन् ताकि उनीहरूको क्षमताले फल्ने फुल्ने मौका पाओस् । टिएफएनका सदस्यहरू यही उद्देश्यका लागि काम गरिरहेका छन् । हामीले गरेका धेरै काम मध्ये एउटा हो उस्तै काम गरिरहेका संस्थाको अल्मुनाई बनाउने । हामीसँग समुदाय छ जसले शिक्षा मन्त्रालय, स्कुले शिक्षक र परिवर्तनकारी स्कुलसँग काम गरिरहेको छ त्यो पनि खास गरी थोरै कमाउने देशमा । यसले विश्वभरिका यो क्षेत्रमा काम गर्ने समुदायमा एक अर्काको ज्ञान आदान प्रदान गर्ने वातावरण बनेको छ जुन पछि गएर कक्षा कोठामा पनि सञ्चारित हुन्छ।

लामो समयसम्म तपाईंले ‘टिच फर अमेरिका’ले अमेरिकामा मात्र काम गरोस् भन्नेमा केन्द्रित हुनुहुन्थ्यो । के कारणले तपाईंलाई सीमा बाहिर निस्केर ‘टिच फर अल’को स्थापना गर्न प्रेरित गर्यो?
म सुरुमा अमेरिकामा मात्र केन्द्रित थिएँ । कारण अमेरिकामा नै थुप्रै चुनौती थिए । तर १३ वर्ष अघि मैले एक वर्षमा १३ देशका १३ जना मान्छेसँग भेट्ने मौका पाएँ । उनीहरूसँगै धेरैले यो अभियान अमेरिकामा मात्र होइन, भारत, चीन वा चिलीमा पनि होस् भन्ने धारणा राखे । यसले एक खालको नेटवर्क बन्यो । उस्तै उस्तै सोच भएका हामी एक भयौं र अमेरिकाको अनुभवलाई स्थानीयकरण गर्यौं।

जब तपाईं यस्ता कार्यक्रमहरू  संसारभरि नै चलिरहेको देख्नुहुन्छ, यस्तोमा तपाईंलाई केले एकदमै प्रेरित गर्छ?
हामीले सुरुदेखि नै पहिचान गरेको सत्य के हो भने स्थानीय नेता परिवर्तनका संवाहक हुन् । त्यसैले हामीले शिक्षामा परिवर्तन ल्याउने हो भने यसको जिम्मा पनि त्यहीको माटोसँग जोडिएका व्यक्तिलाई दिनु पर्छ । मेरो यो सोचसँग मिल्ने थुप्रै मानिसहरू भेटें जो आफूसँग भएको इनर्जीलाई मुभमेन्टमा बदल्न चाहान्थे । यसरी हामीले दुई वर्ष अनुसन्धान गर्यौं र देख्यौं विद्यार्थीमा सकारात्मक परिवर्तन आइरहेको छ । जसले दुई वर्षका लागि यो अभियानमा लाग्ने प्रण गरेका थिए, जसमध्ये ७५ प्रतिशत आजसम्म पनि शिक्षा क्षेत्रमै छन् । यसले यो अभियानमा संलग्नहरूको संसारलाई हेर्ने नजरमै परिवर्तन ल्याइदियो । यसरी काम गरेका मानिसहरू कोही आज आफैं यो अभियान सञ्चालन गरिरहेका छन्, सरकारी पदमा आसिन् छन्, कोही एकदमै सम्मानित शिक्षक भएका छन्, कसैले यसैको प्रेरणाले सफल जीवन बिताइरहेका छन् । यही सब देख्दा एकदमै खुशी लाग्छ । नेपालमा पनि परिवर्तनको चाहाना तीव्र छ । उपलब्ध स्रोत साधनमा अब्बल काम गरिरहेका छन् । यही काम हामी संसारभर गर्न चाहान्छौं।

यो विश्वव्यापी अभियानलाई कसरी वर्णन गर्नुहुन्छ ? के यो कल्ट हो?
कल्ट होइन । देशका युवा पुस्ताले बदलिँदो अर्थतन्त्रसँग जुध्नका लागि अवसर शिक्षा र समर्थन प्राप्त गरुँन् भनेर मानिसले चलाएको विश्वव्यापी आन्दोलन हो । त्यसैगरी हाम्रो समाजले स्थानीय र विश्वव्यापी रूपमै भोगिरहेको जटिल समस्यालाई समाधान गर्नका लागि चलाइएको आन्दोलन हो।

साना बालबालिकासँग प्रतिस्पर्धात्मक क्षमता, मूल्य र संवेदनशीलता हुनुपर्छ भन्नेमा हामी निश्चित हुनुपर्छ । त्यसैगरी उनीहरुलाई हामी सबैका लागि सुखद् भविष्य बनाउन सचेतना पनि प्रदान गर्नुपर्छ । हाम्रो विश्वव्यापी महत्वकांक्षामा के कुरा महŒवपूर्ण हुन्छ ? यस्ता प्रकारका उदियमान नेतृत्व सर्वत्र देखिनका लागि र यस्ता मानिसको ऊर्जा देशका सीमान्तकृत बालबालिकाको भविष्य प्राप्तिका लागि प्रयोग गर्ने निर्णय गर्नुपर्छ।

ठूला देशहरू आत्मकेन्द्रित भइरहेका छन् । व्यापारिक युद्ध बढिरहेको छ । ‘टिच फर अल’ जस्ता कार्यक्रमले कसरी विभिन्न देश र समुदायलाई जोडिरहेको छ?
सरकारमा रहेका हाम्रा नेता पछाडि फर्किरहेका छन् तर हाम्रो समुदाय फरक हुन सक्छ । कैयौं भूराजनीतिक चुनौती भएका क्षेत्रमा पनि एकले अर्कालाई सहयोग गर्नका लागि मिलेर काम गरिरहेका छन् । सिमानाभन्दा बाहिर गएर यदि हामीले केही सिक्न सक्यौं भने अझै अघि बढ्न सक्छौं । जनताको शक्तिले त्यस्तो काम हुन सक्छ भन्ने विश्वास गरौं । अहिले हुर्किरहेका बालबालिकालाई हामी निश्चय पनि त्यस्ता मूल्य–मान्यता सिकाउँछौं।

अबको १०/१५ वर्षमा के हुने देख्नुहुन्छ ? तपाईंको इच्छा के छ?
निश्चित रूपमा हामी सबैले चाहेको प्रगतिका लागि विश्वका सबै देशमा क्रस बोर्डर लर्निङका लागि नेता र शिक्षकको संख्या बढ्ने आशा हामीले गरेका छौं । स्वास्थ्य र वातावरणको क्षेत्रमा एकअर्कासँग हामी सम्बन्धित छौं भन्ने धेरै अघि नै महसुस गरेका हौं । जसरी मानिसले एक अर्कासँग सिक्नका लागि विश्वव्यापी जैविक प्रणाली रहेको छ, त्यसैगरी त्यस्तै प्रणाली शिक्षा क्षेत्रमा पनि हेर्न र बनाउन हामी चाहन्छौं । यदि हामीले स्थानीयस्तरमै सञ्चालित हुने नेतृत्वको शक्ति बढाउन सक्यौं भने शैक्षिक अवसरका लागि तीब्र गतिको बाटो पहिल्याउन सक्छौं।

विश्वभरका सरकारसँग काम गर्नु धेरै नै फरक रहेको छ । टिच फर अल कार्यक्रमलाई सहयोग गर्नका लागि हामीले कसरी सरकारलाई दबाब दिन सक्छौं?
हाम्रो प्रमुख उद्देश्य भनेकै मानिसमा अरुलाई प्रभावित बनाउन सक्ने क्षमता वृद्धि गर्नु हो । हामी सार्वजनिक विद्यालयमा शिक्षक राख्नका लागि सरकार र सार्वजनिक संस्थाहरुसँग मिलेर काम गरिरहेका छौं । सरकारले पनि केही स्रोतमा पुग्न हामीलाई सहयोग गरिरहेको छ । टिएफएनसँग प्रतिबद्ध रहेका मानिस सरकारी वा निजी क्षेत्रका विभिन्न शिक्षा र न्यायका मुद्दामा संलग्न भएको हामीले देखेका छौं । अत्यन्तै आवश्यक भएको समुदायमा सफलतापूर्वक पढाएको अनुभवी मानिसको समूह हामीले निर्माण गरिरहेका छौं जसले बालबालिका र परिवारलाई उनीहरुको क्षमताको सम्भाव्यताको वास्तविकता पत्ता लगाउन सहयोग पुगेको छ।

हामीले कसरी कक्षाकोठामा नविनता ल्याउन सक्छौं?
मानिसले व्यवस्था परिवर्तन गर्छन् भन्ने हामी विश्वास गर्छौं र यही कारणले हामी त्यस्तो अभियानमा छौं । हाम्रा कक्षाकोठालाई वास्तवमै पुनरावलोकन गर्नका लागि कसरी हामीले नेतृत्व विकास गर्न सक्छौं र मूलभूत रूपमा कसरी हाम्रो प्रणालीमा नविनता ल्याउन सक्छौं भन्नेमा हामी प्रतिबद्ध छौं । यसरी हाम्रा बालबालिकालाई सेवा प्रदान गर्न सकिन्छ र उनीहरुलाई नेताका रूपमा हुर्काउन सकिन्छ । यसरी नै उनीहरुलाई हाम्रो समुदाय र देशलाई बलियो बनाउनका लागि आवश्यक पर्ने नागरिक बनाउन सक्छौं।