समाचार

बाल गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्बजनिक

बिराटनगर, पुस २७

नाइ नभन्नु ल ५ को गीत ‘बालापनको उमेर..’ गाएपछि चर्चामा आएकी बाल गायिका समिक्षा अधिकारीको दोस्रो गीत ‘वनमा काफल पाक्यो…’ सार्वजनिक भएको छ ।

बसन्त सापकोटकोे संगीत रहेको उक्त गीतको शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका छन् । गीतको म्युजिक भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् ।

समिक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेको उक्त गीत रोजगारीको शिलशिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानहरुको कथालाई लिएर बनेको जनाइएको छ ।