अर्थ

आठ करोड राजश्व संकलन

नवलपरासी ।  पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा रु आठ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ । 

छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा रु एक करोड १८ लाख ६३ हजार र असारमा रु ६३ लाख ५९ हजार राजश्व संकलन भएको छ । 

आव २०७३-७४ मा रु पाँच करोड राजश्व संकलन भएको थियो । आव २०७३÷७४ को तुलनामा आव २०७४÷७५ मा रु तीन करोड ६९ लाख, ८६ हजार बढी राजश्व संकलन भएको थियो । 

सरकारले केही दिनअघि साउन १ गतेदेखि लागू हुने गरी उक्त छोटी भन्सारलाई मूल भन्सारका रुपमा स्तरोन्नति गरेको थियो ।