रजनीकान्तको फिल्म ‘२.०’ कहिले हुँदैछ रिलिज

रजनीकान्त र अक्षय कुमारको बहुप्रतिक्षित फिल्म २.० को रिलिज डेट फिक्स भएको छ । अब यो फिल्म नोभेम्बर २९ मा रिलिज हुनेछ ।

यस फिल्मका निर्देशक शंकरले टिवइटर मार्फत जानकारी दिएका हुन् । 

साथै फिल्मको नयाँ पोस्टर पनि सार्वजनिक भएको छ । पोस्टरमा एउटा ठुलो चरालाई देखाइएको छ । 

फिल्म रिलिज हुने समय फिक्स नभएपछि यस फिल्ममा विवाद रहेको हल्ला व्यापक चलेको थियो ।

तर, फिल्ममा केही विवाद नरहेको जानकारी गराउँदै निर्देशकले फिल्म रिलिज डेट तोकेका हुन् ।