छक्का पन्जा–३ को तीज कार्यक्रममा गायक नविन पौडेलको दमदार प्रस्तुति

काठमाडौँ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा काठमाडौंको पशुपतिनाथ क्षेत्रमा आयोजित छक्का पन्जा–३ को प्रमोशन कार्यक्रममा गायक नवीन पौडेलले उपस्थित हजारौँ हजार दर्शक श्रोताहरुलार्इ छमछमी नचाएका छन्। 

पशुपतिनाथको दर्शन गर्न आएका ब्रतालु, पर्यटक एबम उपस्थित सम्पुर्णलाई धित मरुन्जेल नचाएका छन।  

 कार्यक्रममा काभ्र, काठमाडौँ लगायत विभिन्न ठाउँबाट आएका दर्शकले गायक पौडेलको प्रस्तुतीलाई निकै रुचाएका थिए ।   

अन्य कलाकार को तुलनामा नवीन पौडेलले त स्टेज मा धमाका नै गर्ने रहेछन। अर्का प्रत्यक्षदर्शी श्याम कार्कीले थपे नेपाल आइडल बाट आएका कलाकार निशान भट्टराई भन्दा दुई गुना राम्रो र उर्जाशिल प्रस्तुती दिए नवीनले। त्यसो त यश अघि  नवीन पौडेल स्टेज किङ र स्टेजका बादसाह भनेर दर्सक श्रोता बाटै उपाधी पाएका कलाकार हुन।  

उनले अहिले बजारमा निक्कै चलेको उनको गीत ‘फुलेको तोरीलार्इ बैँस आकी छोरीलार्इ जोगाउनै गाह्रो’ ‘मन परेरै हो मैले तिम्लाइ हेरेको मन परेरै हो’,  ‘सम्झना छ र जान्न म त त्यो घर’ लगायतका गीतहरु प्रस्तुत गरिरहदा दर्सक दिर्घाबाट एउटै स्वरमा ताली र हुटिङको गडगडाहट सुनिन्थ्यो। 

सो कार्यक्रम मा छक्का पन्जा–३ कि निर्मात्री निर्देशक दिपाश्री निरौला, दिपकराज गिरि, शिबहरी पौडेल, जितु नेपाल लगायत को प्रस्तुती पनि निक्कै रोचक थियो। 

यति धेरै फिल्मी गीत गाउने कलाकारको बिचमा नवीन पौडेल लाई छान्नुमा उनको लोभलाग्दो प्रस्तुति हो जस्तो अनुमान लगायौँ हामिले पनि। 

नवीनले प्रस्तुती दिइरहदा एउटै स्वरमा हुटिङ ताली अनि वान्स मोरको आवाज सुनिन्थ्यो दर्शक दिर्घा बाट। निक्कै नै सफल चलचित्र छक्का पन्जा– ३ दशैको बेलामा देशैभर प्रदर्शन हुने कुरा यश चलचित्रकी निर्देशक दिपाश्री निरौलाले बताए।