मनोरञ्जन

रजनीकान्तको ‘पेट्टा’ रिलिज भएको केही घण्टापछि नै लिक भएपछि….

एजेन्सी । सुपरस्टार रजनीकान्त पुनः एक पटक दर्शकमाझ एक्शन अवतारमा फर्किएका छन् । फिल्म ‘पेट्टा’को लागि रजनीकान्तका फ्यानहरु निकै उत्साहित छन् । यो फिल्म गत विहीबार रिलिजमा आएको थियो, तर रिलजसँगै लिक भएको समाचार पनि आउन थालेको छ ।

रजनीकान्तको ‘पेट्टा’ फिल्म विहीबारबाटै दर्शकमाझ तमिलमा रिलिजमा आएको थियो, भने आज शुक्रबार हिन्दीमा रिलिज हुदैछ । अहिले यो फिल्मको निर्माता निर्देशकहरुको लागि निराशा जनक समय आएको छ । फिल्म रिलिज भएको केही घण्टामै एचडी प्रिन्ट डाउनलोडको लागि उपलब्ध भएको जानकारी आउन थालिसकेको थियो । 

त्यसोत, रजनीकान्त र नबजुद्धीन सिद्दकी स्टारर् ‘पेट्टा’ लिक भइसकेको छ । अहिले फिल्मको निर्माण पक्षले तत्कालै यस गतिविधिको रिएक्शन लिएका छन् । लिक भएको भिडियो हटाउनका लागि पूरै टिमले कोशिस गरिरहेका छन् । 

रजनीकान्त स्टार ‘२.०’ पनि रिलिज पछि लिक भएको थियो । जुन फिल्म लिक भएपछि १२ हजार वेवसाइटहरु ब्लक गरिएको थियो, जसको कारण फिल्मलाई लिक हुनबाट बचाउन सकियोस् । अर्कोतर्फ सुपरस्टार यशको कन्नड फिल्म ‘केजीएफ’ पनि लिकको शिकार बनेको थियो । तर यो फिल्मलाई भने खासै असर परेन । फिल्मले बक्स अफिसमा राम्रो कमाई अझैं पनि गरिरहेको छ ।