मनोरञ्जन

अजहर मोरानीको विहेः सलमान-युलिया, रेखासहित पुगे यी कलाकार

एजेन्सी । पछिल्लो समय बलिउडमा विहेको सिजन चलिरहेको छ । सिनेयुग इन्टरटेन्मेन्टको फाउण्डर मोहम्मद मोरानीको छोरा अजहर मोरानी र तान्या सेठ बैबाहिक बन्धनमा बाँधिएका छन् । यस बिबाहमा बि टाउनको केही कलाकारहरु उपस्थित भएका थिए ।

अभिनेता सलमान खान, रेखा, युलिया बन्तुर, सोनाक्षी सिन्हा, गुल्सन ग्रोवर, जुही चावला, उर्वशी रौतेला लगाएतका कलाकारहरु त्यहाँ पुगेका थिए । सेरेमनीमा रेखा जहिल्यै पनि ट्रडिशनल अवतारमा देखिन्छिन् । मोहम्मदको विहेमा पनि उनी ट्रडिशनल अवतारमै देखिएकी थिइन् । यसरी ट्रडिशनल अवतारमा उनी निकै सुन्दर देखिएकी थिइन् । 

अर्कोतर्फ युलिया बन्तुर भने गोल्डेन कलरको शिमरी लेहेङ्गामा पुगेकी थिइन् । उनलाई लङ्ग इयर रिङ्गले कम्प्लिेमेन्ट गरिरहेको थियो । न्युड कलरको पहिरनमा अभिनेत्री सोनाक्षी सिन्हा पनि निकै स्टनिङ देखिरहेकी थिइन् ।

यता अभिनेता सलमान खान पनि निकै आकर्षक देखिरहेका थिए । उनले कालो कलरको टि-शर्ट र जिन्समा सजिएका थिए ।

ग्रीन कलरको लेहेङ्गामा अभिनेत्री उर्वशी रौतेला पनि निकै आकर्षक देखिएकी थिइन् । मेसी वन, लाइट मेकअप र हेभी ज्वेलरीले उनको लुकलाई कम्प्लिट गरिरहेको थियो ।

यस सेरेमनीमा अभिनेता किङ्ग खान शाहरुखले आफ्नो डान्सको माध्यमबाट निकै बिशेष बनाएका थिए ।