मनोरञ्जन

अमिताभले मृत्युलाई जितेको त्यो दिन

एजेन्सी । सन् १९८३ मा आएको फिल्म ‘कुली’ मा अमिताभ बच्चनको एक्शन सुटिङ चलेको थियो । 

उनको फाइट पुनीत इस्सरसँग रहेको थियो । तर, उक्त एक्शनमा अमिताभ गम्भिर घाइते हुन पुगे । 

उनी ५९ दिनसम्म हस्पिटलमा भर्ना भएका थिए । मिडियामा उनको मृत्यु भएको हल्ला समेत चलेको थियो । 

बिग बीको स्वास्थ्य लाभका लागि उनका फ्यानहरुल प्रार्थना समेत गरेका थिए । 

एक अन्तर्वार्तामा अमिताभले भनेका थिए,‘मलाई चिकित्सकहरुले मेडिकल्ली डेड घोषित गरेका थिए । जया आइसियु रुम बाहिर बसेकी थिइन् । डाक्टरले कोशिस गर्न बन्द गरेका थिए । जया कराउने काम गरिन् । मेरो औला चलेको जयाले महसुस गरिन् । तब डाक्टरलाई उनले कराउँदै मदत गर्न आग्रह गरिन् । डाक्टरले बिस्तारै मेरो खुट्टामा मालिस गरे । नयाँ जीवन पाए ।’