मनोरञ्जन

प्रेममा असफल भएपछि आत्महत्याको बाटो रोजेकी अभिनेत्री

एजेनसी । बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । अप्रिल ४ मा जन्मिएकी उनी एक सफल अभिनेत्री थिइन् । तर, उनको मृत्यु भने निकै भयानक थियो । 

सन् २००५ को जनवरी २० मा उनको रहस्यमयी मृत्यु भएको थियो । उनी आफ्नै फ्याल्टमा मृत अवस्थामा फेला परेकी थिइन् । 

जति फिल्ममा उनी चर्चीत थिइन् त्यो भन्दा बढी उनी विवादमा रहेकी थिइन् । उनको रिलेशनशिपका कारण उनी विवादको घेरामा देखिएकी थिइन् । परवीन बाबीको ड्यानीसँग अफयेर चलेको थियो । सुरुमा यो जोडीको सम्बन्ध निकै राम्रो रहेको थियो । तर, केही समय नबित्दै ड्यानीले उनलाई छोडे । 

ड्यानीसँगको सम्बन्ध बिग्रिए पछि विक्षप्त बनेकी परवीनको जीवनमा आए कबिर बेदी । दुवैको स्वभावमा समानता भएका कारण पनि उनीहरुको राम्रो केमिष्ट्री रहन गयो । 

तर, कबिर बेदी पनि उनलाई छोड्दै अर्की अभिनेत्रीको पछि लाग्न थाले । एक्ली परवीनको जीवनमा आए फिल्म निर्माता महेश भट । 

यिनीहरुको अफयेर तीन वर्षसम्म चल्यो । यि तीन अफयेर हुदाँ सम्म उनले विवाह भने गरिनन् । अन्तत उनले लामो समय कोठामा एक्लै बिताइन् र आत्महत्याको बाटो रोजिन् ।