मनोरञ्जन

बलिउडका चर्चित खलनायक महेश आनन्द आफ्नै घरमा मृत भेटिए

नयाँ दिल्ली । बलिउडमा एक समय खलनायकको भूमिकामा चर्चित महेश आनन्द शनिबार बिहान मृत अवस्थामा भेटिएका छन् ।

अंधेरीस्थित आफ्ैन घरमा आनन्दको मृत शरीर भेटिएको हो । वर्षौंदेखि एक्लै बस्दै आइरहेका आनन्दको मृत्यु २ दिनअघि नै भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले आनन्दको शव सडिसकेको अवस्थामा भेटिएको बताएको छ । मृत्युको समय र कारण पत्ता लगाउन हाल उनको शवलाई पोस्टमार्टमको लागि कूपर अस्पताल पठाइएको छ । 

सन् १९८० देखि ९० को दशकका लोकप्रिय अभिनेता आनन्द आफ्नो अग्लो र गठिलो जिउडालका कारण चिनिन्थे । उनले थुप्रै चलचित्रहरूमा खलनायकको भूमिका निभाएका थिए । यद्यपि बेरोजगारीका कारण पछिल्लो समय उनी गम्भीर आर्थिक संकटहरूबाट गुज्रिरहेका थिए ।

आनन्दले अमिताभ बच्चन, गोविन्दा, सञ्जय दत्त लगायतका अभिनेताहरूसँग गंगा जमुना और शहंशाह (१९८८), मजबुर (१९८९), थानेदार (१९९०), बेताज बादशाह १९९४), कुली नं. १ (१९९५), विजेता (१९९६), लाल बादशाह र आया तुफान (१९९९), बागी और कुरुक्षेत्र (२०००), प्यार किया नहीं जाता (२००३) लगायतका चलचित्रहरूमा अभिनय गरेका थिए । 

करिब पन्ध्र वर्षको अन्तरालपछि उनी पहलाज निलहानी निर्देशित रंगिला राजामा गोविन्दको साथमा देखा परेका थिए ।