जीवन र प्रेम

रसियालाई हराउँदै क्रोएशिया २० वर्षपछि विश्वकपको सेमिफाइनलमा

काठमाडौं । आयोजक राष्ट्र रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न खेलमा क्रोएशियाले रसियालाई पेनाल्टी सुटआउटमा हराएको हो । 

खेलमा रसियाले अग्रता लिएको भए पनि क्रोएशिया खेलमा फर्किएको मात्रै थिएन रसियाले पनि क्रोएशियाको अग्रतालाई बरारीमा ल्याई खेल पेनाल्टीसम्म पुर्याएको थियो । 

खेलको ३८ औं मिनेटमा चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए। तर उसको अग्रतालाई क्रोएशियाले खेलको ३९ औं मिनेटमा गोल गर्दै बराबरी गरिदियो। क्रोएशियाका लागि करामारिकले गोल गरेका थिए।

पहिलो हाफ १–१ को बराबरी खेलेका रसिया र क्रोएशिया दुबैले दोश्रो हाफमा गोल गर्न आक्रमण एकअर्काको पोस्टमा गरेपनि गोल गर्न असफल भए र खेल अतिरिक्त समयमा पुग्यो । 

अतिरिक्त समयमा पुगेको खेलको १०१ मिनेटमा डिडेले गोल गरे र क्रोएशियालाई अग्रता दिलाए। तर रसियलो पनि ११५ मिनेटमा बराबरी गोल फर्कायो र आफ्नो सेमिफाइनल प्रवेशलाई पुनः जीबित पार्‍यो। रसियाका लागि सो सञ्जिबनी गोल फर्नानडेजले गरेका थिए।

अतिरिक्त समयपनि खेल बराबरी हुँदा खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा पुगेको खेलमा रसियाले घरेलु दर्शकलाई ३û४ को नतिजाले निराश पार्‍यो। नतिजा क्रोएशियाको पक्षमा गयो।

अब क्रोएशियाले सेमिफाइनलमा इङ्ल्याण्डसँग खेल्नेछ। फ्रान्समा सन् १९९८ मा भएको विश्वकपमा सेमिफाइनल यात्रा तय गरेयता क्रोएशियाको यो दोश्रो विश्वकप सेमिफाइनल हो। 

खेल बुधबार हुनेछ ।