११ जना सवार विमान पहाडमा ठोक्किएर दुर्घटना

एजेन्सी । अमेरिकाको लसएन्जलसमा ११ जना सवार एक विमान दुर्घटना भएको छ । तर, सबै सकुशल छन् ।

अमेरिकाका दक्षिणपूर्वी अलास्का पहाडमा विमान ठोक्किएको थियो । विमानमा १० यात्रु र एक पाइलट थिए । 

करिब दुई हजार फिटको उचाइमा उडिरहेको विमान अलास्का पहाडमा ठोक्किएको थियो । विमानमा सवार ११ जना घाइते मात्र भएको अमेरिकी अधिकारीहरूले जनाएका छन् । 

विमानमा गडबडी आएको जानकारी पाइलटले दिएका थिए । त्यसलगत्तै तटरक्षकहरुले दुई हेलिकोप्टर विमानतर्फ पठाएका थिए । उनीहरूले तुरुन्तै दुर्घटनास्थलबाट सबैलाई उद्दार गरेका थिए ।