जीवन र प्रेम

गर्मीमा शरिरबाट धेरै पसिना आउँछ ? यसो गर्नुहोस्

एजेन्सी । गर्मी महिनामा मानिसको शरिरबाट धेरै पसिना आउँछ । यसले शरीरलाई दुर्गन्धित बनाउँछ । काखी र खुट्टा गन्हाउनेहरुका लागि त गर्मी महिना अभिशापजस्तै बन्छ । 

दैनिक नुहाइधुवाई गरेर कपडा फेर्दा पनि पसिनाको दुर्गन्धले अधिकाशंलाई सताइरहेकै हुन्छ । यो समस्या समाधानको लागि कतिपयले पफ्र्युम पनि प्रयोग गर्ने गर्छन् ।

विकसित मुलुकमा मान्छेहरु घरबाहिर निस्कनुअघि मगमग बास्ना आउने अत्तरले आफ्नो दुर्गन्ध छोप्ने गर्छन् ।  

कतिपय मानिसलाई काखीको दुर्गन्धले रिंगटा लाग्ने , वाकवाकी हुने तथा खानसमेत मन नलाग्ने हुन्छ । 

कतिपय अवस्थामा शरीरमा हर्मोनको गडबढीले कारणले पनि शरिरबाट दुर्गन्ध आउने गर्छ । त्यस्तो अवस्थामा छाला रोग विशेषज्ञहरुसँग सल्लाह गर्नुपर्छ ।

काखीको दुर्गन्धलाई कम गर्ने विविध तरिका छन्, ति मध्ये केहि तल चर्चा गरिन्छ ।

१. यस्तो समस्या भएका मानिसले दैनिक नुहाउनुपर्छ । नुहाउने बेलामा काखी राम्रोसँग धुनुपर्छ ।

२. घरबाहिर निस्किनुअघि र बाहिर घुमेर आएपछि सफा पानीले काखी धुनुपर्छ ।

३. नुहाउँदा नीम साबुनको प्रयोग गर्दा राम्रो हुन्छ ।

४. कागतीको रसको लेप बनाएर बेलाबेलामा काखीमा लगाउनाले गन्ध हराएर जान्छ ।

५. तीतेपातीको झारलाई निचोरेर यसको रस काखीमा दल्दा काखी गन्हाउने कम हुन्छ ।

६. जामुनको पात वा बोक्रालाई पानीमा पकाई त्यसले केहि हप्तासम्म काखीमा मालिस गर्नाले पनि काखीको दुर्गन्ध कम हुन्छ ।

७. काखीमा उम्रेको रौँ नियमित काट्नाले पनि काखी गन्हाउने समस्या कम हुन्छ ।