गृहपृष्ठ > समाचार > बिशेष > उपत्यकामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर चलाउन पाइने

उपत्यकामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर चलाउन पाइने

२७ असार, काठमाडौं । उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ ।

ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।

गृह स्रोतका अनुसार अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी अाउने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।

यसअघि मंगलबार मात्रै जडिबुटीमा ट्रिपरको ठक्करबाट भक्तपुर सल्लाघारीका  १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको थियो । मोटरसाइकल चालक अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ट्रिपरका कारण हुने दुर्घटना बढेपछि गृह मन्त्रालयले यसमा चासो देखाएको थियो ।

यो पनि पढ्नुस् 

रोकिएन ट्रिपर आतंक, ट्राफिकका हाकिम भन्छन्– राति मात्र गुड्न दिऊँ

२०७५ असार २७ गते १७:३१ मा प्रकाशित

सायद यो पनि तपाईंलाई मनपर्छ

उपत्यकामा ट्राफिक कारबाहीबाट २९ करोडभन्दा बढी राजश्व संकलन

५ साउन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७४÷७५ मा रु २९ करोड २७ …

Leave a Reply

Your email address will not be published.