बिशेष

डीएनए परीक्षणका लागि निर्मलाकी आमाले दिइन् रगतको नमूना

२५ पुस, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको भनिएको ‘भजाइनल स्वाव’ माथि प्रश्न उठेपछि वैधानिकता जाँच्नका लागि उनकी आमाले नमुना रगत दिएकी छन् ।

पन्तकी आमा दुर्गादेवीले बुधबार दिउँसो महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको स्याम्पल दिएकी हुन् ।