राजनीति

देउवाको प्रश्नः डा. केसी कसैले उचालेर उचालिने मान्छे होर ?

file-photo

काठमाडौं । २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फर्किएका छन् । 

शुक्रबार त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीलाई भेटेर फर्किएका देउवाले डा. केसी कसैले उचालेर अनसन नबसेको बताएका छन् । 

‘डा. केसी कसैले उचालेर उचालिने मान्छे हो र ?’  देउवाले भने, ‘डा. केसीको माग तुरून्त पुरा गर्न सरकारलाई अनुरोध छ ।’ 

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले डा. केसीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डलाई भेटेरै मागवारे अवगत गराएको बताएका छन् । 

उनले सरकारलाई डा. केसीको स्वास्थ्यमा खेलवाड नगर्न समेत आग्रह गरेका छन् ।