राजनीति

सर्वाेच्चमा दीपकराज जाेशीकाे चेम्बर गायब, संवैधानिक इजलासबाट समेत हटाइयाे

काठमाडौँ । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीले सर्वोच्चको वरिष्ठतम् न्यायाधीशको हैसियतमा पाइरहेको चेम्बर खोसिएको छ ।

वरिष्ठतम् न्यायाधीशको हैसियतमा जोशीले पाइरहेको चेम्बर खोसेर उनलाई अर्को कोठामा सारिएको सर्वोच्च हो । 

जोशीको १ नम्बर चेम्बर जोशी पछिका वरिष्ठतम् न्यायाधीश दीपक कार्कीलाई दिएको सर्वोच्च स्रोतले बताएको छ ।

त्यस्तै जोशीलाई संवैधानिक इजलासबाट समेत हटाइएको छ । बिहीबार बसेको न्यायपरिषद् बैठकले उनको ठाउँमा मिरा खड्का र हरिकृष्ण कार्कीलाई संवैधानिक इजलासका लागि तोकेको छ ।

सर्वोच्च अदालतमा नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आगमनसँगै वरिष्ठत् न्यायाधीश जोशी बहिष्करणमा पर्न थालेका हुन् । 

प्रधानन्यायाधीश भएर आए लगत्तै जबराले तोकेको कुनै पनि इजलासमा जोशीलाई राखिएको थिएन ।