राजनीति

राेकियाे दीपक मनाङेकाे सपथ

फाइल फाेटाे

पोखरा । गण्डकी प्रदेशले मनाङबाट प्रदेश सभामा निर्वाचित दीपक मनाङेलाई सपथ नदिलाउने निर्णय गरेको छ । 

ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका मनाङेको सपथ रोकिएको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जानकारी बताए ।

सभामुखले प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेसँग परामर्श लिएपछि गुरुङलाई सपथ रोक्ने निर्णयमा पुगेका हुन् ।

प्रमुख दलका नेताहरुले पनि आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मनाङेलाई शपथ गराउनु गैर कानुनी हुने जिकिर गरेका थिए ।

मनाङेसहितका पाँचजनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।