राजनीति

डा. गाेविन्द केसी बुधबारदेखि अनशन बस्ने

फाइल फाेटाे

इलाम । डा. गोविन्द केसीले भोलि (बुधबार)देखि अनशन सुरु गर्ने चेतावनी दिएका छन् ।

चिकित्सा शिक्षा र सेवामा सूधारको माग राख्दै आन्दोलनरत डा. केसीले इलाम सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिएका हुन् ।

संसदीय उपसमितिले १५ औं अनशनको उपलब्धिस्वरुप राज्यसँग भएको सहमति लत्याएकाले १६ औं अनशन बस्नु परेको उनले पत्रकार सम्मेलनमा बताए ।

लेखा समितिको उपसमितिको सिफारिशमा पुनरावलोकन गर्दै आफूहरुसँग भएका सहमति सरकारले अक्षरश पालना गर्नु पर्ने उनको धारणा थियो । 

यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी पुस १७ देखि अनशन बस्न इलाम आएका थिए । तर, संसदीय उपसमितिले २ दिनको समय माग गरेपछि उनले ७ दिनको समय दिएका थिए ।

डा. केसीले अबको अनशन स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित नरही कुशासनका विभिन्न पक्षविरुद्ध हुने बताए ।