राजनीति

पूर्खाकाे वीरताका कारण नेपाल स्वाधीन मुलुक : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्या देवी भण्डारीले पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै नेपाल स्वाधिन मुलुकको रुपमा रहन सफल भएको बताएकी छिन् ।

२९७ औँ पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले सिंहदरबारको पश्चिम ढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्प गुच्छा चढाउँदै यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले शाहको सालिकमा शुक्रवार बिहान पुष्प गुच्छा अर्पण गरेकी थिइन् ।