राजनीति

अन्तत विवेकशील साझा पार्टी पनि फुट्यो

काठमाडौं । रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टी र थापा संयोजक रहेको विवेकशील नेपाली दलबीच २०७४ साउन ११ गते एकता भएको पार्टी अन्तत फुटेको छ । 

वैकल्पिक राजनैतिक दलका रुपमा आएको विवेकशिल साझा पार्टी पछिल्लो समय व्यापक विवादमा रहेको थियो । अन्तत विवेकशील साझा पार्टी फुटेको हो।

संयोजक उज्ज्वल थापाले पार्टीभित्र व्यापक अन्तरविरोध रहेको कुरा बाहिर ल्याएका थिए । उनले रणनीतिको समीक्षाका लागि १८ बुँदै प्रतिवेदन बुझाएका थिए।