खेल

जितले राष्ट्रपतिको सम्मेलन विशेष

ब्रसेल्स – क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर–किटारोभिचको नेटो सम्मेलन सफल भएको छ । उनको टोली फाइलनमा पुग्दा किटारोभिचको सम्मेलनमा विशेष रह्यो। 

इङ्ल्यान्डविरुद्ध पछि परेको स्थितिमा ग्राबार–किटारोभिचको टोली क्रोएसिया २–१ को जित निकाल्दै बुधबार फाइनलमा स्थान बनाउन सफल भएको थियो । क्रोएसियाका लागि इभान पेरसिचले ६८औं मिनेटमा बराबरी गोल फर्काएका थिए भने मारियो मान्जुकिचले १ सय नवौं मिनेटमा टोलीका लागि निर्णायक गोल गरेका थिए । जितपछि क्रोएसिया पहिलो पटक विश्वकपको फाइलनमा स्थान बनाउन सफल भएको थियो। 

‘रात्रिभोजमा हामीले खेल नियाल्यौं,’ बिहीबार हुने सम्मेलनपूर्व ग्राबार–किटारोभिचले भनिन्, ‘निकै महत्वपूर्ण क्षण रह्यो, ’cause उनीहरूले इङ्ल्यान्डलाई पराजित गर्दै इतिहास रच्न सफल भए ।’ उनले भनिन्। 

ग्राबार–किटारोभिच र फ्रान्सका राष्ट्रपति इम्यानुयल माक्रोन बिहीबार सँगै एउटै टेबलमा बसेका थिए । अब विजयी क्रोएसियाले आइतबार उपाधिका लागि भिड्दै छ ।  ग्राबार–किटारोभिचले नेटो सम्मेलन सुखद भएको र आइतबार आफ्नो टोलीले उपाधि जित्दै थप खुसी दिने बताइन्।