fbpx
अर्थ

इन्धनको मूल्य घट्यो

काठमाडौं । २०७६ जेठ तीन गते राति १२ः०० बजेबाट लागू हुनेगरी नेपाल आयल निगमबाट पेट्रोल, डिजेल र मट्टीतेलको साविकको खुद्रा मूल्य समायोजन गरेको छ ।

हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । नयाँ समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाका दरले घटाइएको छ । 

समायोजनपछि पेट्रोलको खुद्रा मूल्य १०९ रुपैया ५० पैसा र डिजेल र मट्टीतेको खुद्रा मूल्य ९७ रुपैया प्रतिलिटर कायम गरिएको छ । 

इन्डियन कर्पोरेशनले १६ मे २०१९ मा पठाएको नयाँ मूल्य सूचिको आधारमा नयाँ मूल्य समायोजन गरिएको हो ।