fbpx
मनोरञ्जन

'मलाई कतिले पैसा तिर्दैनस् भन्दै धम्काए पनि…'

बलिउडका बिग बि अमिताभ बच्चनले आफु टाट पल्टेको बेलाको बारेमा कस्तो महसुस हुन्थ्यो भन्ने बारेमा मुख खोलेका थिए ।

७० वर्षिय अभिनेताले दिएको एक अन्तवार्तामा आफु टाट पल्टेको बेलामा ऋण लिएका धेरै मानिसहरु पैसा माग्न आँउथे, धेरैले नराम्रो ब्यवहार गर्ने कत्तिपयले त उनलाई धम्कि दिएको पनि बताएका थिए । 

यी लोकप्रिय कलाकार आफु टाट पल्टिएको अवस्थालाई कहिल्यै भुल्न सक्दैनन् । उनी भनेका थिए ‘जिन्दगीमा कहिले सफलताको शिखरमा पुगिन्छ र कहिले तल पुगिन्छ यो सबैले स्विकार गर्नुपर्छ । अमिताभ बच्चन कर्पोरेशन टाट पल्टिएको अवस्थामा पनि मैले धेरै जनाको ऋण तिरेको छु ।’

उनले भनेका थिए,‘मैले ति अध्यारा दिनहरुबाट फेरि उज्यालो दिनहरुतिर लम्किए । मैले ९० करोड भन्दा बढि ऋण लिएको थिए र तिरे पनि ।’

उनकाअनुसार उनको बङ्गलाको ढोकामा ऋण लिएका धेरै मानिसहरु पैसा माग्न आँउथे, धेरैले नराम्रो व्यवहार गर्थे कत्तिले त धम्क्याउथे ।

उनले त्यस घटनालाई आफ्नो ४४ वर्षे फिल्मी करिअरकै कालो घटनाको रुपमा लिएका थिए । उनकाअनुसार त्यसबेलामा उनलाई यस चोपडाले मोहब्बते फिल्म दिएर ठूलो गुन लगाएका थिए । उनी त्यति बेला आर्थिक र भावनात्मक दुवै रुपमा कमजोर भएका थिए ।

उनकाअनुसार सन् २००० मा स्टारप्लसले कौन बनेगा करोडपतिसुरु गरेपछि भने उनको स्थिती बदलियो । यो रातारात लोकप्रिय भयो र उनले फेरी आफ्नो एउटा नयाँ ब्रान्ड स्थापित गरे जुनपहिलेको भन्दा फरक थियो ।

कौन बनेगा करोडपतिले उनको जिवनमा टर्निङ प्वाइन्ट बन्यो जसले उनको ऋण तिर्न समेत सहयोग गर्यो ।