fbpx
मनोरञ्जन

सगरमाथामा अभिनेत्री आलिया !

एजेन्सी । भारतीय महिला आरोही अरुणिमा सिंहमाथि बन्न लागेको बायोपिक फिल्ममा अभिनय गर्न बलिउड अभिनेत्री आलिया भट्ट सगरमाथा क्षेत्र पुग्ने भएकी छन् । फिल्मको छायाङ्कन सगरमाथा आधार शिविरमा हुनेछ । फिल्म सिंह माथि लेखिएको पुस्तक ‘बर्न अगेन अन द माउन्टेन’ माथि बन्न लागेको हो । 

सन् २०२० मा फिल्म युनिट छायाङकनका लागि सगरमाथा क्षेत्रमा आउने बताइएको छ । धर्मा प्रोडक्शन र विवेक अग्नीहोत्रीको डर प्रोडक्शनको ब्यानरमा फिल्म बन्न लागेको हो । 

सन् १९८८ मा जन्मिएकी अरुणिमालाई चोरहरुले गुडिरहेको रेलबाट फ्याँकिदिएका थिए । यो दुर्घटनामा परी उनले देब्रो खुट्टा गुमाएकी थिइन् । उनले २१ मे २०१३ मा सगरमाथाको सफल आरोहन गरेकी थिइन् । 

उनी सगरमाथा आरोहन गर्ने पहिला अपांगता भएकी भारतीय महिला बन्न सफल भएकी थिइन् ।