fbpx
मनोरञ्जन

कान्स फिल्म फेष्टिबल– रेड कार्पेटमा छाइन् कंगना

एजेन्सी । ७२ औं कान्स फिल्म फेष्टिबलमा लगातार दोस्रो दिन पनि अभिनेत्री कंगनाले प्रस्तुति दिइन् । कान्समा कहिले स्टाइलिश लुक्स त कहिले सिम्पल लुक्समा कंगना पूरै छाइन् । गत शुक्रबार उनी रेड कार्पेटमा उत्रिइन् । 

अभिनेत्री कंगनाले यो पटकको कान्समा आफ्नो लुक निकै सिम्पल बनाएकी छन् तर, निकै एलिगेन्ट देखिएकी छन् । कंगना सिल्भर कलरको लङ्ग फिश कट गाउनमा देखिएकी छन् । 

गत शुक्रबार रेड कार्पेटमा हिँड्नु भन्दा पहिल्यै कंगनाको एक नयाँ लुक्स बाहिरिएको थियो । जहाँ उनी निकमै ग्ल्यामरस अवतारमा देखिएकी थिइन् । आफ्टर पार्टी लुकमा उनी ह्वाइट कलरको स्लिट गाउनमा देखिइन् । जहाँ उनीमाथि सबैको नजर परेको थियो । 

कान्स पुग्ने वित्तिकै कंगनाको विभिन्न तस्वीरहरु बाहिरिएको थियो । सबै भन्दा पहिले उनको एउटा लुक्स भाइरल बनेको थियो । जहाँ उनी आफ्नो बहिनीसँग देखिएकी थिइन् ।

कंगनाले २०१९को कान्सको लागि निकै मेहेनत गरेकी छन् । जस्तो कि, कान्समा सामेल हुनकै लागि कंगनाले १० दिनमा पाँच किलो आफ्नो वजन घटाएकी थिइन् ।