fbpx
जीवन र प्रेम

कोटिन्हो लगायत यी स्टार खेलाडीहरु बेच्ने तयारीमा छ बार्सिलोना

यस सिजन जोर्डी अल्बा र जास्पर सिलेसनको विकल्प खोज्ने तयारीमा पनि क्लब रहेको छ  । डि जोङलाई अनुबन्ध गर्न ७५ मिलियन युरो तिर्ने सम्झौता बार्सिलोनाले गरिसकेको छ  । त्यस्तै डि लाइटलाई अनुबन्ध गर्न बार्सिलोनाले ७० मिलियन युरो तिर्नुपर्ने बताइएको छ । ग्रिजम्यानलाई अनुबन्ध गर्न १२० मिलियनको अफर भएको बताइएको छ ।

क्लबले यस सिजन गरेको बलियो आम्दानीका कारण पनि आयाक्सका मिडिफिल्डर किन्न खासै कठिन नहुने बताइएको छ । तर, १९० मिलियन जुटाउन केही खेलाडीहरु बेच्ने तयारीमा बार्सिलोना रहेको छ । ती तीनजना खेलाडी बाहेक अन्य दुई खेलाडी पनि क्लबको नजरमा रहेको बताइएको छ । 

फिलिपिन्हो कोटिन्होलाई क्लबले बेच्न सकेमा ग्रिजम्यान ल्याउन सजिलो हुने समिक्षकहरु बताउँछन् । इडिन हजार्डको सट्टामा चेल्सीले कोटिन्होलाई क्लबमा अनुबन्ध गर्न चाहेको बताइएको छ । 

अर्का बार्सिलोनाका भर नपर्दा खेलाडी हुन् सामुअल उमटिटी । उनी आएपछि डिफेन्समा झन् कमजोरी देखिएको समिक्षकहरु बताउँछन् । उनलाई ४० मिलियन युरो बेच्न बार्सिलोना तयार रहेको छ । 

इभान राकिटीकले क्लब छोड्ने निश्चित जस्तै रहेको छ । उनको मुल्य ५० मिलियन युरो राखिएको छ । 

अर्का स्टार गोलरक्षक जास्पर सिलेसनलाई क्लबले बेच्ने भएको छ । उनलाई ३० मिलियन युरोमा बेच्ने बार्सिलोनाका तयारी रहेकोछ  ।

माल्कमलाई अनुबन्ध गर्न बार्सिलोनाले ४० मिलियन युरो खर्च गरेको थियो । तर, क्लबमा उनको भुमिका एकदमै कमजोर देखिएको छ । उनलाई क्लबले लोनमा पठाउने तयारी गरेको बताइएको छ । एन्द्री गोमेजलाई बार्सिलोनाले लोनमा इभर्टन पठाएको थियो । उनलाई अनुबन्ध गर्न टोटनहम इच्छुक देखिएको छ । क्लबले २० देखि २५ मिलियनमा उनलाई अफलोड गर्ने बताइएको छ । डेनिस स्वारेज आर्सनलमा खुसी रहेका छैनन् । उनी बार्सिलोनामा पनि खुसी थिएनन् । कारण पर्याप्त खेल खेल्न नपाउनु । उनलाई पनि बेच्ने तयारीमा बार्सिलोना रहेको छ ।