fbpx
जीवन र प्रेम

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य !

वि.सं.२०७६ साल ज्येष्ठ ०४ गते । शनिबार । ईश्वी सन् २०१९ मे १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि पूर्णिमा, ५४ घडी १६ पला, रातको ०२ बजेर ५८ मिनट उप्रान्त प्रतिपदा । काठमाडौंमा सूर्योदय ०५ बजेर १६ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेट । दिनमान ३३ घडी ४६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानी गर्न सकिने भए पनि आम्दानी गर्न केही समय कुर्नुनै पर्नेछ । पढाई लखोईमा प्रतिष्पर्धीहरुको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवन साथीसँग मनमुटाब सिर्जना हुने सम्भावना रहेकोछ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रजसँग राज बाजिनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कुनै पनि कामलाई पुनः गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पूराना रोगहरु फेरी बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागनी गर्नको लागि केही समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुदा आर्थिक अवस्था खस्कनेछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसी हुँनेछन् । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारी साधनको व्यापार व्यावसायमा अलि बढी मेहनेत गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्यामा  सफलता प्राप्त गर्न अलि बढीनै मेहनेत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला समर्थन नपाइन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा प्रशस्त समय खर्चिए पनि आम्दानी थोरै हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् । छिमेकी तथा दाजुभाई सँग सामान्य कुरामा बिवाद बढ्नेछ भने बाहिरका मानिस सँग न्यायिक निर्णयहरुमा सामेल भए हारिने सम्भावना रहेकोछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सबैको सहयोग पाइने हुदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पशा व्यावसाय फस्टाएर जानेछ । समय अनुसार बिचार सिर्जना गर्न सकिने हुदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखाईमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडि बढ्न सकिनेछ । व्यावसायबाट मनग्गे फाईदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक कामगर्दै नाम कमाउँन सकिनेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) न्यून पारिश्रमिकमा दिनभर समय ब्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरीको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । काम गर्दा साबधानी अपनाउँनुहोला खराब ब्याक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारी साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ । पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनतको काम गर्दा गर्दै आलोचनाको शिकार होइनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठूला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुने हुनाले मानसिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेहुँदा अरुभन्दा पछि परिनेछ ।