fbpx
जीवन र प्रेम

अदुवाको नियमित सेवन– यस्ता छन् अचुक फइदा !

काठमाडौं । हामीले अदुवालाई प्राय भान्छामा मसलाको रुपमा प्रयोग गर्दै आएका छौं । अदुवा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसमा पाइने तत्वहरु धेरै समस्याका लागि फाइदाजनक सावित हुने गर्छन् । 

यस्ता छन् फाइदाहरु– 

यसमा पाइने फस्फोरसले दाँतलाई बलियो बनाउँछ र गिजा सम्बन्धी समस्याबाट टाढा राख्छ ।
यसले शरीरको प्रतिरोघात्मक क्षमताको पनि वृद्धि गर्छ । साथै यसले रुघा खोकी जस्ता संक्रमणबाट समेत बचाउँछ ।
यसमा एन्टिसेप्टिभ गुण हुने भएकाले छाला सम्बन्धी समस्याबाट बचाउँछ । पिम्पल हटाउन पनि यसले मद्दत गर्छ ।
अदुवामा आइरन हुने भएकाले रगतको कमीका कारण हुने एनिमियाबाट बचाउँछ ।
अदुवा खानाले कोलेस्ट्रोलको लेभल कम हुन्छ । त्यसैले यसले हृदयघातक समस्याबाट जोगाउँछ ।
अदुवामा थर्मोजेनिक तत्व पाइन्छ । त्यसैले यसले तेजीसँग बोसो पगाल्न सक्छ । नियमित अदुवा सेवन गरेर तौल घटाउन सकिन्छ ।
अदुवामा एन्टि इन्फ्लामेटरी गुण हुने भएकाले यसले जोर्नीको दुखाइबाट जोगाउँछ ।

तर कतिपय अवस्थामा मानिसले यसलाई सेवन गर्नु हानिकारक पनि हुन सक्छ ।

निम्न अवस्थामा अदुवा सेवन निकै घातक हुने गर्छः

जसलाई महिनावारी सम्बन्धी समस्या छ– अदुुवाले शरीरमा धेरै गर्मी पैदा गराउन सक्छ र यसले पोल्ने पनि हुन्छ । यसकारण महिनावारी समस्या भएका महिलाहरुले अदुवा नखाएको राम्रो मानिन्छ ।