fbpx
राजनीति

मिडिया काउन्सिल सम्वन्धी विधेयकको विरोधमा प्रदर्शन

सम्बन्धित समाचार

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाइए अन्तर्राष्ट्रिय मिडिया बोलाउँछौं : पत्रकार महासंघ

विरोधीलाई सञ्चारमन्त्रीको जवाफ : ‘मिडियासम्बन्धी विधेयक आफैं फिर्ता लिए हुन्छ’

सञ्चारविज्ञ भन्छन्ः मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनुपर्छ (भिडियो)

काठमाडौं- संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले प्रदर्शन गरेका छन्। नयाँ बानेश्वरमा सरकारले ल्याउन लागेको विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो।

विधेयकमा रहेका प्रेसविरोधी प्रावधान हटाउन महासंघले माग गर्दै आएको छ। महासंघले मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ।

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ‘मिडिया काउन्सिल’ विधयेक संसदमा दर्ता भएको भन्दै चौतर्फीरुपमा विरोध भइरहेको छ।